back
CTIZAN AD

मङ्गला गाउँपालिकामा सुरुभयो व्यावसायिक एभोकाडा खेती

वि.सं.२०७६ जेठ ६ सोमवार

1.4K 

shares

६ बैशाख, काठमाण्डौं । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ ।

थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् ।

किसानलाई गाउँपालिकाले एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालीम अनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताए ।

“यहाँको हावापानीमा एभोकाडाखेती सम्भव छ,फलफुल खेतीमा गाउँपालिकालाई पकेटक्षेत्र बनाउने लक्ष्य छ”, रोकाले भने । गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूल अनुसारका फलफूल खेती गर्नका लागि किसानलाई गाउँपालिकाले अनुरोध गरेको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्ष तालीमसहित अनुदानमा बिरुवा वितरण गरिने अध्यक्ष रोकाले बताए । विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए ।

उनले केही जिल्लामा व्यावसायिक खेती शुरु भएको पनि जानकारी दिए । “उष्ण र समशितोष्ण हावापानीमा एभोकाडाको खेती गर्न सकिन्छ, बिक्री गर्न बजारमा जानै पदैन्, घरदैलोमै खोसाखोस हुन्छ”, एभोकाडाखेती सम्बन्धी तालीमका प्रशिक्षक समेत रहनुभएका राईले भने । समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार देखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको अध्यक्ष रोकाले जानकारी दिए ।

नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको राईले बताए । यसले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उनको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडाको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् ।

वि.सं.२०७६ जेठ ६ सोमवार १५:३८ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...