back

विभिन्न अपराधमा संलग्न १६८ जना पक्राउ

वि.सं.२०७६ जेठ ७ मंगलवार

474 

shares

७ जेठ, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।

विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानूनको दायरामा ल्याई पक्राउ गरी कारवाही गरिएको हो । सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाईफकाई तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागुऔषध कसुरमा आठ, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा आठ, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा चार र भवितव्य ज्यान कसुरमा चार जना पक्राउ परेका छन ।

प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिने बताऐ । गत वर्ष विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो । उनीहरुबाट रु पाँच लाख १५ हजार जरिवाना असुल गरिएको थियो ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १४:१२ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...