back
CTIZAN AD

सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

वि.सं.२०७६ जेठ ७ मंगलवार

681 

shares

७ जेठ, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेको हो । उक्त पार्टीले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएकामा सभामुखबाट दुई पटक रुलिङ भइसकेको छ ।नेता यादवले भने, “नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो तर हामीले उठाएका विषयमा सभामुखबाट पनि दुई पटक रुलिङ भइसके पनि सरकारले बेवास्ता गर्दै प्रतिवेदन सार्वजनिक गर्न मानिरहेको छैन ।”

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुनसक्ने चेतावनी दिए ।प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएको थियो ।

उनको मन्तव्यपछि सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १५:१० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...