back
CTIZAN AD

निःशुल्क स्वास्थ्य उपचार पाएपछि ज्येष्ठ नागरिक खुशी

वि.सं.२०७६ जेठ ७ मंगलवार

582 

shares

७ जेठ, गोरखा । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन ।

गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन ।

“मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुशी लागेको छ”, गोरखा नगरपालिका–१ ताप्लेका तेजबहादुर खत्रीले भने , “यहाँका वृद्धवृद्धाहरुलाई शहरमा गएर उपचार गराउन समस्या हुँदै आएका थियो, अहिले शिविर राखेर गाउँ घर मै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै सजिलो भएको छ ।”

सोमबार सम्पन्न भएको शिविरमा १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । शिविरमा ७० देखि माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १५:२७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...