back
CTIZAN AD

प्रेम परियारद्धारा एनआरएनए नर्वेको अध्यक्षमा उम्मेदवारी घोषणा

वि.सं.२०७६ जेठ ७ मंगलवार

582 

shares

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नर्वेको अध्यक्षमा प्रेम परियाले उम्मेदवारी दिएका छन् ।

आगामी जुन ८ मा हुन गइरहेको संघको निर्वाचनमा लागि परियाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

४९ बर्ष पहिले कास्कीमा जन्म भई स्नातक (कानुन ) सम्मको अध्ययन गरेका परियारसँग ७ बर्षसम्म कानुन ब्यबसायी भै काम गरेको अनुभव छ ।

सालिन व्यक्तित्वका धनी परियार हाल सम्म युरोपको ४ संघ संस्थामा आबद्व भएर नेपालीहरुमा पर्न गएको असहज परिस्थितिमा सहयोग गर्दै आएका छन् ।

उनी ४ बर्षदेखि ओस्लोमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । अध्यक्षमा आफ्नो उम्मेदवार घोषणा गरेका परियारले एनआरएनएको संस्थागत विकास, नर्वेमा रहेका विद्यार्थीहरुको हकहितमा कामगर्ने, एनआरएनएलाई सबैको छाता संगठनका रुपमा विस्तार गर्ने, नर्वेमा नेपाली सांस्कृति हाउसको स्थापना गर्ने लगायतका रहेछन् ।

यस्तो छ अध्यक्षका उम्मेदवार परियारको अपिल

आदरणीय दाजु भाई तथा दिदि बहिनीहरु,
नमस्कार ,

सर्बप्रथम यहि आगामी 2019 जुन 8  मा NRNA नर्बेको अधिबेशन हुन गैरहेको कुरा यहाँहरु सबैलाई अबगत गराउन चाहान्छु । सो अधिबेशनमा सहमति वा निर्बाचन प्रक्रिया बाट नयाँ कार्य समितिको चयन हुने भएको हुँदा मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँदा यहाँहरुको अमूल्य मतको आशा र भरोसा राख्दै } President    (अध्यक्ष) पदमा उभिएको छु । पहिलो कार्यसमितिमा सदश्य र निबर्तमान कार्य समितिमा कोषाध्यक्ष र १५–१७ मा उपाध्यक्ष पदमा रही काम गर्दै आइरहेको कुरा पनि म अबगत गराउन चाहान्छु ।

सस्थाप्रति बिगत ९ बर्षको अबधिमा नर्बेभित्र बसोबास गर्नु हुने नेपालीहरुको साथै, मातृभूमिमा आपत बिपतमा सहयोग गर्नुपर्ने बिभिन्न कार्यहरुमा मेरो सहयोग निरन्तर रहदै आइरहेको छ ।

‘नेपालीद्वारा नेपालीको लागि’ भन्ने गैरआवासीय नेपाली संघको मुलमन्त्रलाई आत्मासाथ गर्दै नर्बे भित्र रहनु हुने सबैको प्रतिनिधित्व हुने गरी आगाडी बढ्नु हाम्रो प्रमुख दायित्वलाइ ध्यानमा राख्दै व्यक्तिगत तथा संस्थागत दुबैमा आफुले गर्नु पर्ने सहयोग गर्दै आइरहेको छु ।

निबर्तावान कार्य समितिको सदश्य कोषाध्यक्ष र उपाध्यक्ष पदमा रही नर्बेभित्र बसोबास गर्नु हुने नेपालीहरुको साथै मातृभूमिमा आपत बिपतमा संस्थागत वा व्यक्तिगत रुपमा मेरो सक्रिय सहभागिता रहदै आएको कुरालाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्वता ब्यक्त गर्न चाहन्छु ।

हाल दर्ता सदस्य (पंजीकृत सदस्य) ओस्लो बाहिर रहेका नेपालीहरुको संख्यालाई आधार मान्दै कार्य समितिमा क्षेत्रिय हिसाबले प्रतिनिधित्व हुनु पर्दछ भन्ने मेरो धारणा राख्दै क्षेत्रिय समन्वय परिषद गठन गर्नुपर्दछ भन्ने मेरो धारणालाइ निरंन्तरता दिन चाहन्छु ।

एनआरएनएको बिगतका दिनहरुलाई ध्यानमा राख्दै १५-१७ को लागि मलाई उपाध्यक्ष पदमा अत्यधिक मतले बिजय गराउनु भएको कुरा स्मरण गर्दै मेरो पक्षमा बर्तमान समय सम्म सहयोग गर्नु हुने सबै प्रति आभार प्रकट गर्दै कृतज्ञता ब्यक्त गर्दछु ।

संस्थालाई हरेक क्षेत्रबाट मजबुत बनाउन अध्यनको लागि आउनु भएका बिद्यार्थीहरुलाई समेट्ने उपयुक्त कदम चाली संस्थाको बिकास र क्षेत्रिय हिसाबले प्रनिनिधित्व नपुगेको स्थानबाट सहभागी गराउनुपर्नेमा हामी सबैको ध्यान जानुपर्दछ भन्दै उचित सुझाबको आपेक्षा राख्दै निरन्तर पहल गर्ने प्रतिबद्वता जाहेर गर्न चाहन्छु ।

ओस्लो बाहिर बसोबास गरि बस्नु हुने सम्पूर्ण आदरणीय दाजु भाई तथा दिदीबहिनीहरु दुरी (Distance vote)  भोट प्रक्रियाबाट आफ्नो अमुल्य मतको प्रयोग गरि आफू बाहिर रहनु भएका अन्य नजिकका मित्रहरुलाई पनि मतदान गर्न अनुरोध गरि मतदानमा सरिक भै दिनु हुन सबैमा बिनम्रतापूर्वक अनुरोध गर्दछु ।

आउने जुन ८ तारिक हुने अधिबेशनमा दिनुभएको अमुल्य मतको कदर गर्दै गैरआबासीय नेपालीहरुको हकहित सस्थाको विधानको परिधिभित्र रही सदैब सुझाब र सल्लाहबाट मात्र अघि बढ्ने प्रतिबद्वता जाहेर गर्दै अध्यक्ष पदको उम्मेदवार म प्रेम परियारलाई यहाँहरुको अमुल्य मत प्रदान गरिदिनु होला भन्ने आसा र भरोशा राख्दै भोट दिनु हुन विनम्रतापूर्बक हार्दिक अपिल गर्दछु ।

यदि कसैले म प्रति व्यक्तिगत आक्षेप र जुनसुकै कारणहरु देखाई मलाइ मतदान गर्न नचाहने हुने दाजु भाईहरु प्रति पनि मेरो कुनै प्रकारको आग्रह पुर्बग्रह र गुन्जायस रहने छैन । यहाँहरुको स्वतन्त्र अधिकारको हार्दिक सम्मान गर्दछु ।

यस्ता छन् मेरा ऐजेण्डाहरु

१-नर्वेमा रहेका संघ सस्थामा आवद्व गराई संस्थागत विकास गर्ने ।

२-एनआरएनए भित्र रहेका बिधार्थी र संस्थाको बीच पारस्परिक हितलाई ध्यानमा राखी समयको माग अनुसार हेरफेर गरी संस्थामा आवद्व गराउने र असहज परिस्थिति परि वा शैक्षिक अवधि समाप्त भई नेपाल फर्कने बिधार्थीको हक हितमा आबश्यक सहयोग गर्न नेपाल सरकारसँग पहल गर्ने ।

३-एनआरएनएलाई सबै नेपालीको छाता संगठनको रुपमा बिकास गर्नकालागि नर्वेको बिभिन्न शहरमा क्षेत्रिय संगठन -Regional Committee ) गठन गरि सो मार्फत सेवा बिस्तार गर्ने ।

४-सम्पूर्ण नेपालीहरुको साझा पर्व र संस्कृति पर्व समेट्न सकिने अभिप्रायले नर्वेमा संस्कृति घर (Cultural House ) को स्थापना गर्ने योजनालाई अगाडी सार्ने मुख्य योजना रहेको जानकारी गराउन चाहान्छु ।प्रेम बहादुर परियारउम्मेदवार (अध्यक्ष) गैरआबासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद, नर्वे

 

वि.सं.२०७६ जेठ ७ मंगलवार १५:४६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...