back
CTIZAN AD

एक महिलाले लिइन् ७२ वर्षमा नागरिकता

वि.सं.२०७६ जेठ ७ मंगलवार

726 

shares

७ जेठ, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए ।

ति वृद्धाले एकै पटक जन्मदर्ता गराउनाका साथै नागरिकता पनि लिएको जानकारी दिँदै उनले नागरिकताको महत्वबारे थाहा नहुँदा बोहराजस्ता वृद्ध भत्ता पाउने उमेरसम्म पनि नागरिकता विहीन रहेको पाइएकाकाले नै त्यस्ता नागरिकलाई लक्षित गरेर शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

दुईदिने सो शिविरमा २६७ ले नागरिकता बनाएकामा महिला १४४ र पुरुष १२३ रहेको उक्त कार्यालयले जनाएको छ । सो शिविरमा २५९ जनाले फोटोसहितको मतदाता नामावलीको फारम भरेका छन । शिविरमा वडा नं ५, ६, ११ र १२ का बासिन्दा सहभागी थिए ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १५:५८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...