
८ जेठ, काठमाण्डौं । लोकसेवा आयोगले छोटोप्रक्रिया –फास्ट ट्रयाक) बाट झण्डै १३ हजार पदमा कर्मचारी भर्ना खुलाउने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।
लोकसेवा आयोगले आज बुधबार भर्ना खुलाउने तयारी गरेको भएपनि सरकारले भर्नासम्बन्धी विशेष निर्णय गर्न केही ढिलाई गरेकाले लोकसेवाको विज्ञापन पनि केही दिनपछि धकेलिन पुगेको आयोग स्रोतले जानकारी दिएको छ ।
आयोगले एकसाता अघि नै बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव सरकारलाई पठाएर छिटो निर्णय गर्न भनेको थियो । तर सरकारले एकसातापछि मात्रै निर्णय गर्दा आज बुधबार गर्ने भनिएको बिज्ञापन केही पर सरेको लोकसेवा आयोगले जानकारी दिएको छ । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ ८ बुधवार ०८:२० मा प्रकाशित





























