
८ जेठ, परासी । चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेको छ ।
जिल्लामा ३ चिनी उद्योग छन् । ती मध्ये लुम्बिनी चिनी उद्योग एक महिनाअघि बन्द भएको हो । बाग्मती र इन्दिरा चिनी उद्योगले तीन दनिअघि क्रसिङ बन्द भएको सूचना निकालेपछि किसानको उखु खेतमै सुक्न थालेका हुन् । उद्योग बन्द भएपछि बिक्री हुन नसकेका उखुको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनु पर्ने किसानहरुको माग रहेको छ ।
मंसिरको अन्तिम साता क्रसिङ सुरु हुने उद्योग यसवर्ष फागुन दोस्रो सातादेखि सञ्चालनमा आएका थिए । ढिलो गरी सञ्चालनम आएका उद्योग उखु खेतमै रहँदा बन्द भएकाले त्यसको क्षतिपर्ति सरकारले दिनुपर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए ।
उद्योग बन्द भएपछि ७० देखि ७५ विघामा लगाइएको एक लाख भन्दा बढी उखु खेतमै सुक्न थालेका छन् । बुधबारको अन्न्पूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ८ बुधवार ०८:१२ मा प्रकाशित






























