back
CTIZAN AD

पाँच महिनामा एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

वि.सं.२०७६ जेठ ८ बुधवार

723 

shares

८ जेठ, काबुल । (रासस/ एएनआई) संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय (आइओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ । यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन् ।

आइओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार १८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ । इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ ।

यसैबीच, पाकिस्तानबाट नौ हजार ५१९ जना तथा युरोपेली मुलुकहरुबाट ७१५ जना अफगानी स्वदेश फर्किएका छन् ।

अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकहरुबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार ११:३१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...