back
CTIZAN AD

फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए

वि.सं.२०७६ जेठ ९ बिहीवार

603 

shares

९ जेठ, त्रिपोली  ।   लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।लिबियाका लागि राष्ट्रसंघीय सहयोग मिसन अन्समिल का अनुसार हिंसाका कारण १२ जना पुरुष, चार जना महिला र चार जना बालबालिकाको ज्यान गएको छ । घाइते हुनेमा अधिकांश पुरुष छन ।

अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको बिस्फोटनबाट मानवीय क्षति भएको छ ।अन्समिलले परस्पर युद्धरत पक्षहरुलाई नागरिक बसोबास क्षेत्रहरुमा बमबारी नगर्न आग्रह गरेको छ । अन्समिलले भनेको छ, यस्ता आक्रमणलाई युद्ध अपराधका रुपमा लिन सकिने छ र त्यसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन सकिनेछ ।

सन् २०११ मा लिबियाका नेता मउमार गद्दाफी पदच्यूत भएदेखि लिबियामा हिंसा र अस्थिरता रोकिएको छैन । साथै राजनीतिक खिचातानी र विभाजनले हिंसात्मक भिडन्तलाई प्रश्रय दिइरहेका छन् ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १२:४७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...