Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्टट्रेडिङ



salt-treading२८ कात्तिक, धनगढी । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ ।

कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताउनुभयो ।

यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ । रासस


-->

म्याग्दी। गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।

घोराही (दाङ)। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको