back
CTIZAN AD

नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्टट्रेडिङ

वि.सं.२०७३ कात्तिक २८ आइतवार

807 

shares

salt-treading२८ कात्तिक, धनगढी । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ ।

कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकारी दिनुभयो ।

सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताउनुभयो ।

यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ । रासस

वि.सं.२०७३ कात्तिक २८ आइतवार १०:१८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...