back

सिकलसेल एनिमियाको औषधि अभाव, बिरामी मर्कामा

वि.सं.२०७६ जेठ १२ आइतवार

423 

shares

१२ जेठ, लमही । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५–६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए । “५–६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उनले भने, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क औषधि वितरण गर्ने भनी सरकारले तोकेको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै दिन कटाइरहेका छन् । औषधि दैनिक खानुपर्ने भए पनि औषधि नपाएपछि एक महीनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमियापीडित तुलसीपुर–११ मोतीपुर निवासी रुपा चौधरीले बताउनुभयो । “एक महीना भयो, औषधि नपाएको”, उनले भनिन् “अहिले औषधि नखाएरै दिन कटाइरहेकी छु ।”

औषधि नखाँदा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने उनको भनाइ थियो । अहिले आफूले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएको बताइन् । अहिले दाङ र नेपालगञ्जमा औषधि नपाइने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेलपीडित तुलसीपुर–११ निवासी शरद चौधरीले बताए । “औषधिकै लागि दाङ र नेपालगञ्ज गएँ”, उनले भने, “दुवै ठाउँमा औषधि छैन, रुपैडिहा जानुपर्छ भनेर चिकित्सकले भने, अनि त्यही गएर औषधि ल्याएर खाने गरेको छु ।”दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताइन् । “सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ”, उनले भनिन्“अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।”

अहिलेसम्म दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभावमा ती बिरामी प्रभावित भएको उनको भनाइ छ । प्रतिष्ठानमा नेपालगञ्जबाट सिकलसेल एनिमियाको औषधि आउने भए पनि पछिल्लो समय औषधि नेपालगञ्जमा नै अभाव भएपछि दाङले पनि अभाव खेप्नुपरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।
दाङमा नियमित १३५ ले सिकलसेल एनिमियाको औषधि खाइरहेको भए पनि रोगीको यकिन पहिचान हुन नसकेको थारू स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताए । “सबै थारू समुदायका व्यक्तिले सिकलसेल एनिमियाको परीक्षण गराउनुभएको छैन”, उनले भने्, “यसले गर्दा पनि अझै सबै व्यक्तिको यो रोग पहिचान हुनसकेको छैन ।”

यसका लागि दाङमा पनि सिकलसेल एनिमियाको जाँचका लागि परीक्षण गर्ने मेसिन भित्र्याउनुपर्ने उनको भनाइ छ । अहिले सिकलसेल एनिमिया जाँच गर्नका लागि नेपालगञ्ज, काठमाडौँ लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको भन्दै यो सेवा दाङमै उपलब्ध गराएर जिल्लाभरका थारू समुदायको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । दाङमा एक लाख ३७ हजार थारू समुदायको जनसङ्ख्या भएको भन्दै यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यसअघिको अध्ययनले देखाएको थियो ।
रोगीको पहिचानका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मेसिन ल्याउने गरी आगामी आर्थिक वर्षको नीति बनाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमखु घनश्याम पाण्डेले बताए । साथै औषधि वितरणमा सहजता ल्याउनका लागि प्रदेश सरकारसँग समेत समन्वय भएको बताए । यो रोग रगतको कमीले लाग्ने वंशानुगत रोग हो । प्रायः यो रोग थारू समुदायलाई लाग्ने गरेको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १२:३४ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...