back
CTIZAN AD

फोक्सुण्डो तालको गहिराइ मापन विज्ञ टोली डोल्पामा

वि.सं.२०७६ जेठ १२ आइतवार

594 

shares

१२ जेठ, डोल्पा । डोलपाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो ।

शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति पाएपछि विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने विज्ञ ध्रुवलोचन अधिकारीले जानकारी दिए । टोलीमा दुई जना सर्वे गर्ने इञ्जिनीयर, एक जना डुङ्गा चालक, जल तथा मौसम विभागका विज्ञ सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली करीव चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने अधिकारीले जानकारी दिए ।दिनमा दर्जनौँ पटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६५० मिटर गहिरो तालका रूपमा जापानी नागरिकले विसं २०३६ मा प्रमाणित गरेको स्थानीय बताउँछन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीय आङबहादुर लामाले बताए ।

दोस्रोपटक सन २००४ मा ब्याथिमेट्रिक सर्वे विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १४५ मिटर रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ ।दोहोरो तथ्याङ्कका कारण हाल गहिरो ताल रारा भनेर उल््लेख गरिएपछि स्थानीय र डोल्पाका नागरिकले भने उक्त टोलीले पूराना मर्मत गरेका मेसिनले मापन गरी गलत तथ्याङ्क दिएको आरोप लगाइरहेका छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करीब ३६३५ मिटरको उचाइमा रहेका ५ दशमलव ९३ किलोमिटर लम्बाइ र एक दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क आउनेमा विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताए ।

वि.सं.२०७६ जेठ १२ आइतवार १३:१५ मा प्रकाशित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...