back
CTIZAN AD

‘चापका कारण आरोहिको मृत्यु भएको भनेर प्रचार गरिनु दुःखदपुर्ण’

वि.सं.२०७६ जेठ १२ आइतवार

768 

shares

१२ जेठ, काठमाण्डौं । सगरमाथा आरोहणका क्रममा अत्यधिक चापका कारण आरोहिको मृत्यु भएको भन्ने धारणा राखेर प्रचार गरिनु दुःखदपूर्ण रहेको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहण आफैमा पनि साहसिक, जटिल र संवेदनशील रहेकोले सचेतता अवलम्वन गर्दागदै कतिपय दुःखदायी घटना हुने गरेको पनि बिभागले जनाएको छ । ‘यस्ता घटना न्यूनीकरणका लागि सरकारी गैरसरकारी साथै नीजी व्यक्ति सवैको सामुहिक प्रयास आवस्यक हुने गर्दछ ।’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागका अनुसार यस वसन्त ऋतुमा हिमाल आरोहण गर्न जाने र फर्कने क्रममा हराएका र मृत्यु भएका १६ जना रहेका छन् । जसमध्ये ८ जना सगरमाथा आरोहण गर्न गएकाहरु रहेको पनि विभागले जनाएको छ ।

‘पर्वतरारोहणका कार्य गर्ने गराउने विभिन्न ऐजेन्सी र दलका साथ खटिई जाने सम्पर्क अधिकारीले दिएको जानकारी अनुसार बसन्तकालिन मौसममा हिमाल आरोहणमा गएका आरोहि÷शेर्पा÷सरदार लगायतका व्यक्तिहरु हिमाल आरोहणका लागि जाने तथा फर्कने क्रममा हराएका तथा मृत्यु भएकाहरुको संख्या १६ पुगेको छ,’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसमध्ये यस बसन्तकालिन मौसममा सगरमाथा हिमालमा हराउनको संख्या ८ पुगेको छ ।’

सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । २०१९ को बसन्तकालिन मौसमका लागि ३२ वटा हिमालका लागि ११६ वटा आरोहण अनुमतिपत्र मार्फत् ८९५ जनाले हिमाल आरोहणको अनुमति पत्र लिएको पनि विभागले जनाएको छ ।
विभागका अनुसार सगरमाथाका लागि भने ४४ अनुमतिपत्र मार्फत् ३८१ जना आरोहीलाई सगरमाथा आरोहणका लागि अनुमति दिइएको छ ।

विभागले यस मौसममा सगरमाथा आरोहका क्रममा मृत्यु भएका आरोहिहरुको विषयलाई लिएर विभिन्न सामाजिक संजालमा व्यक्तिगत धारणाहरु राख्ने, पुराना फोटा तथा भिडियो राखेर सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनिकरण गर्ने मनसाय देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

आरोहिको मृत्युको कारण बैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गम्भीर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सबैले ध्यान पुयाईदिन पनि विभागले अनुरोध गरेको छ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १४:०८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...