
१२ जेठ । उपराष्ट्रपति(Vice President of Nepal) नन्दबहादुर पुन आर २० शिखर सम्मेलनमा भाग लिन आइतबार अष्ट्रीया प्रस्थान गरेका छन् ।
जेठ १४ मा उपराष्ट्रपति पुनले विश्व सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति पुनको साथमा उपराष्ट्रपति पत्नी हस्तमालि पुन र बन तथा बाताबरण मन्त्री शक्तिबहादुर बस्नेत पनि अष्ट्रीयाको राजधानी भियना प्रस्थान गरेका छन । उपराष्ट्रपति पुनको भ्रमण टोलि जेठ १८ मा स्देश फर्कने छ ।
वि.सं.२०७६ जेठ १२ आइतवार १५:०१ मा प्रकाशित