back
CTIZAN AD

पाल्पा दरबारको उद्घाटन

वि.सं.२०७६ जेठ १७ शुक्रवार

1.1K 

shares

१७ जेठ । ऐतिहासिक पाल्पा दरबार संग्रहालय सञ्चालनमा आएको छ । संग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार संग्रहालय प्रदेशस्तरीय संग्रहालय रहेकाले सरकारको सहयोग रहने बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठ लगायतले संग्रहालयको प्रभावकारी व्यवस्थापन र निगरानी आवश्यक रहेको बताए । औपचारिकरूपमा संग्रहालय सञ्चालनमा आएपछि प्रवेश गर्नेहरुलाई शुल्क लगाउने व्यवस्था गरिएको छ ।

संग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु १०० लाग्नेछ । क्यामेरा शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ ।तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पर्यटक आकर्षणका लागि पाल्पा दरबार संग्रहालय सफल हुने बताए ।

बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुल्नेछ । मङ्गलबार भने बन्द रहने तानसेन नगरपालिका अधिकृत भरत आचार्यले बताए । जिल्ला सदरमुकाम तानसेनस्थित बहुउद्देश्यीय पाल्पा दरबार संग्रहालयले सञ्चालन गर्ने योजना रहे पनि सोहीअनुसार काम हुनसकेको थिएन । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सामग्रीको जोहो गर्न भनिएपछि सोहीअनुसारका वस्तु संग्रहालयले राख्न सकेको छैन ।

राणाकालीन समयमा निर्माण भएको पाल्पा दरबार विसं २०६२ माघ १८ गते माओवादी आक्रमणबाट ध्वस्त भएको थियो । दरबारको पुनःनिर्माण भई सङ्ग्रहालयका रुपमा बदलिएपछि अहिले यो पर्यटक आकर्षणको गन्तव्य बनेको छ ।

विसं २०६४ असार ३१ देखि निर्माण कार्य थालेर २०७० भदौ २० गते निर्माण काम सम्पन्न भए पनि दरबारलाई संग्रहालय बनाउने निर्णय भएपछि पाल्पा दरबारको महत्व बढेको हो । विसं २०७२ मा पाल्पा दरबार संग्रहालय स्थापना भई सञ्चालनमा आएपछि औपचारिकरूपमा उद्घाटन गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भएको हो । संग्रहालय प्रदेश नं ५ मातहत र तानसेन नगरपालिकाको रेखदेखमा सञ्चालन हुनेछ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार ११:५४ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...