back
CTIZAN AD

गर्मी बडेसँगै आँखा पाक्ने रोगको महामारी

वि.सं.२०७६ जेठ १७ शुक्रवार

954 

shares

१७ जेठ, डोटी । जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ ।

शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए । उनले भने, , “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।”

जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ । यतिमात्र नभई त्यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ ।

दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् । त्यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताए ।

उनले भने, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ । सधैँ सफा र चिसोपानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिँड्ने तथा हिँड्नै परे चश्माको प्रयोग गरे यो रोग एकअर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले बताए ।

त्यसैगरी गर्मी बढेसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । जिल्लामा दिउँसोको समयमा तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको मौसम पूर्वानुमान शाखा दिपायलले जनाएको छ । गर्मीयामसँगै बजारमा खुला तथा छाडारूपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका अहेव लोकेन्द्र बोहराले बताए ।

उनले भने, “फोहर व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।” विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कूलको पढाइसमेत प्रभावित बन्न थालेको दिपायलस्थित दिल्पेश्वर माविका शिक्षक गोविन्दराज जोशीले बताए । उनले भने, “विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।”

वि.सं.२०७६ जेठ १७ शुक्रवार ११:४२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...