
१९ जेठ, काठमाण्डौं । आफ्नो पार्टीका पोलिटव्युरो सदस्य दिम राई नेकपामा प्रवेश गरेपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राईलाई कारबाही गरेको छ ।
राई नेकपामा प्रवेश गरेको केही क्षणमै पार्टीका प्रवक्ता प्रकाण्डद्धारा विज्ञप्ति जारी गरि राईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताइएको छ ।
सो समूहले स्थायी समिति बैठकले निलम्बन गरेका राईले पार्टीका विरुद्ध अन्तर ध्वंश र अपराधपूर्ण कार्यमा सहभागी भएकोले पार्टीको साधारण सदस्य समेत नरहेन गरी राईलाई निष्काशित गरिएको बताएको छ ।
‘ क्रान्तिको कयौं कठिन तर महान प्रक्रियामा टिक्न नसकेका कयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो । त्यस क्रममा रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रम विरुद्ध गएपछि गत स्थायी समितिले निलम्बन गरेकापदम राई पार्टीका विरुद्ध अन्तर ध्वंश र अपराधपूर्ण कार्यमा संलग्न भएकोले पार्टी साधारण सदस्य समेत नरहने गरि निष्काशित गरिएको छ ।’
वि.सं.२०७६ जेठ १९ आइतवार १२:२३ मा प्रकाशित




























