back
CTIZAN AD

यसरी गर्नुपर्दछ मौरीको हेरचाह

वि.सं.२०७६ जेठ २० सोमवार

933 

shares


२० जेठ । मौरी पाल्नु भएको छ अथवा मौरी पाल्ने सोचमा हुनुहुन्छ भने पहिला मौरीको व्यवस्थापन बारे जानकारी राख्नु राम्रो हुन्छ । बिभिन्न मौसममा मौरीको व्यवस्थापन कार्य कसरी गर्ने भन्ने बारेमा सामान्य जानकारी यहाँ उल्लेख छ । यो जानकारी कृषि गुरु एप(Krishi Guru)बाट लिइएको हो ।

१) गर्मी याममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टीलेशनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिर भाँडोमा नुनिलो पानी (५–८ ग्राम १ लि. पानीमा) राखी दिने ।

२) जाडो याममा घारको वरिपरिका प्वालहरू थुनी दिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा या गोरखा पत्रले घार(छाउरा फ्रेमहरू माथि छोपि दिने, मौरीले नढाकेको फ्रेमहरू झिकी डमी बोर्ड प्रयोग गरी ठाउँ सानो बनाई दिने, खानाको अभाव भएमा चिनी चास्नी दिन, कमजोर गोलाहरूलाई आपसमा संयोजन गरी दिने ।

३) गृष्म र वर्षा याममा मौरीहरू घारको ताप नियन् त्रण तिर बढी लाग्दछन् र साथै यस याममा मौरीका शत्रुहरू जस्तैः अरिंगाल, बच्छयूँ, मैन पुतली, चराले दुःख दिन्छन् । यस याममा मौरी आहारको पनि अभाव र रोगहरू पनि लाग्ने हुँदा मौरीहरू गृहत्याग गर्न सक्ने हुँदा रोग नियन्त्रण गरी कृत्रिम आहारको व्यवस्था गर्नुपर्दछ ।

४) नियमित रूपमा घार निरीक्षण गर्दा मौरीहरू कम चरनमा जाने, संचित गरेको मह खाईदिने, फुल र छाउरामा कमी देखिएमा मौरीले गृह त्याग गर्न सक्छ । अतः तुरून्त प्रवेशद्वारमा रानू ढोका प्रयोग गर्ने, बलियो गोलाबाट टालेका छाउराहरूको फ्रेम राख्ने, रोगी गोलालाई तुरून्तै औषधी उपचार गर्ने ।

५) अनुपयुक्त मौसममा निरीक्षण गर्दा घार धेरै वेरसम्म खुल्ला राख्नु हुँदैन ।

वि.सं.२०७६ जेठ २० सोमवार १६:३९ मा प्रकाशित