back

प्रज्ञा प्रतिष्ठानले माग्यो साहित्यिक पत्रिकाको विवरण

वि.सं.२०७६ जेठ २१ मंगलवार

2.3K 

shares

२१ जेठ । नेपाल प्रज्ञा –प्रतिष्ठानले साहित्यिक पत्रिकाको विवरण पेश गर्न अनुरोध गरेको छ । नेपाल प्रज्ञा –प्रतिष्ठान अन्तर्गत स्थापित पत्रिका सहयोग कोशद्वारा आ.व.२०७५÷२०७६ मा प्रदान गरिने सहयोगका लागि उक्त विवरण माग गरिएको हो ।

कोशद्वारा प्रदान गरिने सहयोगमा सहभागी हुन चाहने साहित्यिक पत्रिकाहरुले पत्रिकाको विवरण र वि. सं. २०७४/२०७५ मा प्रकाशित सबै अङ्क एक एक प्रति नमुना सहित यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुग्ने गरी आवेदन पठाउनु पर्ने बताइएको छ । सहभागी हुनका लागि आवश्यक पर्ने कागजातहरु तल उल्लेख गरिएको छ ।

आवेदन फारम प्रज्ञा–प्रतिष्ठानबाट वितरण भइरहेको छ भने www.nepalacademy.org.np बाट पनि आवेदन फारम डाउनलोड गर्न सकिने जनाइएको छ । वा सम्पर्क फोन नं. ०१–४२२४५९०/४२२१२८३ मा फोन गरी थप कुरा बुझन् सकिने छ ।
आबश्यक कागजातहरू :
१. पत्रिका दर्ता भएको प्रमाण पत्र भए सो र सो नभए सम्बन्धित प्रत्रिका प्रकाशित गर्ने संस्थाको दर्ता प्रमाण पत्र ।
२. प्रकाशन इतिहास, प्रकाशित वर्ष,अङ्क र नियमितताको सङ्क्षिप्त विवरण ।
३. पत्रिकाको पृष्ठ सङ्ख्या आवरण बाहेक डिमाईज साइजमा न्युनतम ४० पृष्ठ र म्यागेजिन साइजमा आवरण वाहेक न्यूनतम ३६ पृष्ठ हुनुपर्ने ।
४. पत्रिका प्रकाशन हुने स्थान ।
५.प्राथमिकताका साथ प्रकाशित हुने प्रमुख विषय साहित्य हुनुपर्ने ।
६.मुद्रण हुने प्रति (सङ्ख्या) ।
७. पूर्णतः साहित्यिक पत्रिकालाई मात्र यो सहयोग रकम प्रदान गरिनेछ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १६:१४ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...