back
CTIZAN AD

प्रज्ञा प्रतिष्ठानले माग्यो साहित्यिक पत्रिकाको विवरण

वि.सं.२०७६ जेठ २१ मंगलवार

2.6K 

shares

२१ जेठ । नेपाल प्रज्ञा –प्रतिष्ठानले साहित्यिक पत्रिकाको विवरण पेश गर्न अनुरोध गरेको छ । नेपाल प्रज्ञा –प्रतिष्ठान अन्तर्गत स्थापित पत्रिका सहयोग कोशद्वारा आ.व.२०७५÷२०७६ मा प्रदान गरिने सहयोगका लागि उक्त विवरण माग गरिएको हो ।

कोशद्वारा प्रदान गरिने सहयोगमा सहभागी हुन चाहने साहित्यिक पत्रिकाहरुले पत्रिकाको विवरण र वि. सं. २०७४/२०७५ मा प्रकाशित सबै अङ्क एक एक प्रति नमुना सहित यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुग्ने गरी आवेदन पठाउनु पर्ने बताइएको छ । सहभागी हुनका लागि आवश्यक पर्ने कागजातहरु तल उल्लेख गरिएको छ ।

आवेदन फारम प्रज्ञा–प्रतिष्ठानबाट वितरण भइरहेको छ भने www.nepalacademy.org.np बाट पनि आवेदन फारम डाउनलोड गर्न सकिने जनाइएको छ । वा सम्पर्क फोन नं. ०१–४२२४५९०/४२२१२८३ मा फोन गरी थप कुरा बुझन् सकिने छ ।
आबश्यक कागजातहरू :
१. पत्रिका दर्ता भएको प्रमाण पत्र भए सो र सो नभए सम्बन्धित प्रत्रिका प्रकाशित गर्ने संस्थाको दर्ता प्रमाण पत्र ।
२. प्रकाशन इतिहास, प्रकाशित वर्ष,अङ्क र नियमितताको सङ्क्षिप्त विवरण ।
३. पत्रिकाको पृष्ठ सङ्ख्या आवरण बाहेक डिमाईज साइजमा न्युनतम ४० पृष्ठ र म्यागेजिन साइजमा आवरण वाहेक न्यूनतम ३६ पृष्ठ हुनुपर्ने ।
४. पत्रिका प्रकाशन हुने स्थान ।
५.प्राथमिकताका साथ प्रकाशित हुने प्रमुख विषय साहित्य हुनुपर्ने ।
६.मुद्रण हुने प्रति (सङ्ख्या) ।
७. पूर्णतः साहित्यिक पत्रिकालाई मात्र यो सहयोग रकम प्रदान गरिनेछ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १६:१४ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...