back
CTIZAN AD

उपचारका लागि भारत जाने नेपालीहरुका लागि सन्राइजले ल्यायो हेल्थ केयर कार्ड

वि.सं.२०७६ जेठ २२ बुधवार

738 

shares

२२ जेठ । उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै सन्राइज बैकले हेल्थ केयर कार्ड (Health Care Card)को सुभारम्भ गरेको छ ।

उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस. POS (POINT OF SALE) बाट भुक्तानि गर्दा सामान्य डेविट कार्डको भन्दा बढि रकमको भुक्तानीको सुबिधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरि भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ । यसबाट ग्राहक वर्गलाई थप लाभान्वित हुने आशा बैकले लिएको छ ।

हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारीस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गनु पर्नेछ । यदि कुनै सिफारीस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरु उपचार पस्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ । साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने बताइएको छ ।

यसका साथै सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चस, बढीमा १ लाख रुपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

बिगतका योजना अनुसार बषमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको छ । साथै सन्राइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार ०७:२८ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...