back
CTIZAN AD

बाजुराको खप्तड छेडेदह बन्यो पहिलो साक्षर गाउँपालिका

वि.सं.२०७६ जेठ २२ बुधवार

1K 

shares

२२ जेठ, बाजुरा । जिल्लाको खप्तड छेडदह गाउँपालिका साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो भएको उक्त गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षरताको सूचक पूरा गर्ने अवस्थामा रहेकाले घोषणा गरिएको बताइएको छ ।

गत जेठ २० गते साक्षर घोषणा भएको यस गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समूहको कूल ११ हजार ८४४ जनसङ्ख्यामध्ये ११ हजार ३११ अर्थात ९५ दशमलव ४९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि घोषणा गरिएको हो । ९५ दशमलव ५ प्रतिशत जनसङ्ख्या साक्षर भएको तथ्याङ्कले देखाएपछि घोषणा गरिएको उपाध्यक्ष कुन्ती साउद बुढाले बताए ।

औँठाछाप लगाउने जनसङ्ख्या नरहेको औपचारिक सन्देश प्रवाह गर्नु खुशीको कुरा भएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतको भनाइ छ । साक्षरता दरलाई शतप्रतिशत पु¥याउने र साक्षर मात्र नभई शिक्षित गाउँपालिकाको रूपमा चिनाउन गाउँगाउँमा शैक्षिक जागरणका अभियान गरिने अध्यक्ष रावतले बताए ।

छेडेदह गाउँपालिकामा तीन हजार २३४ परिवारमा २२ हजार १३५ जनसङ्ख्या वसोवास गर्दछन् । साक्षर हुनेमा महिलाको सङ्ख्या ९५ दशमलव १३ प्रतिशत छ भने पुरुषको ९५ दशमलव ८८ प्रतिशत रहेको छ ।

जिल्ला समन्वय समितिले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई साक्षर घोषणा गरी जिल्लालाई नै साक्षर घोषणा गर्ने निर्णय गरिसकेको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १२:१४ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...