back

मिसेस आर्यन नेपालको ताज कबिता ढकाललाई

वि.सं.२०७६ जेठ २३ बिहीवार

522 

shares


२३ जेठ, काठमाडौ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् ।

जेठ २१ गते बेलुकी जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कबिताले उपाधी जितेकी हुन् । बिजेता कबिता ढकाललाई पुर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराइदिइन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए ।

एमाजोन इन्टरटेन्मेन्टले बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस आर्यन नेपाल २०१९’ को सबटाइटलमा क्रमश बेस्ट ट्यालेन्ट सिमा थापा खड्का, बेस्ट फोटोजेनिक स्र्पाकल पुरी, बेस्ट स्किन अस्मिता बसुला, बेस्ट हेयर पुजा रानी गैरे, बेस्ट स्माइल स्वस्थानी न्यौपाने, मोस्ट पपुलर पुजा रानी गैरे र बेस्ट ड्रेस स्र्पाकल पुरीले सबटाइटल अन्र्तगत जितेका छन् ।

‘मिसेस आर्यन नेपाल २०१९’को प्रतिस्पर्धीहरुलाई कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा निर्णायक मण्डलमा पुर्व मिस नेपाल सुगारिका केसी, सुभ आचार्य र निशु महर्जन रहेका थिए ।

विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, जजहरु, अफिसियल फोटोग्राफर विशाल राइले प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक नृत्यहरुपनि प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ११:२७ मा प्रकाशित

Himalayan Life AD
बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

काठमाडौँ । अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष...

कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’

कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’

काठमाडौँ । आगामी कात्तिक दोस्रो सातादेखि नेपालमा पहिलोपटक ‘काठमाडौँ हारर...

बहुप्रतिक्षित गीत ‘तीनपाने’ सार्वजनिक, प्रेम सोनी र प्रिति आलेको मनमोहक प्रस्तुति

बहुप्रतिक्षित गीत ‘तीनपाने’ सार्वजनिक, प्रेम सोनी र प्रिति आलेको मनमोहक प्रस्तुति

काठमाडौँ । नेपाली सङ्गीत प्रेमीहरूका लागि नयाँ उपहार स्वरूप प्रीति...