back

चलचित्र कलाकार संघमा शारदाले दिइन् उम्मेद्वारी

वि.सं.२०७६ जेठ २३ बिहीवार

561 

shares


२३ जेठ, काठमाडौँ । चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघ यति बेला निर्बाचनमय भएको छ । यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेद्वारी दर्ता प्रक्रिया सकिए संगै सम्पूर्ण प्रत्यासी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । चलचित्र तथा टेलिसिरियलकि चर्चित पात्र गीता नेपाल (शारदा) पनि अहिले आफ्नो सदस्य पदको उम्मेद्वारीको लागि चुनाबी माहोलमा होमिएकी छिन ।

बिगत डेढ दशक भन्दा लामो समय देखि चलचित्र कलाकारितामा सकृय गीता अभिनयसँगै चलचित्रमा ग्रुप उपलब्ध गराउदै आएकी छन । यस अघी सम्पन्न कलाकारको चुनावमा सदस्य पदमा उनले तीन भोटले हारेकी थिइन तर यसपाली भने आफुले चुनाव जित्नेमा नेपाल ढुक्क छिन् । पहिले नाम फरक परेको कारण त्यस्तो पर्न गएकोमा उनि दुख समेत ब्यक्त गर्छिन ।

करिब ६०० जति चलचित्रमा काम गरेर आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी तथा २ दर्जन भन्दा बेसी टेलिचलचित्रमा अभिनय गरेर छोटो समयमा नै चलचित्र क्षेत्र भित्र आफुलाई सकृय कलाकारको भिडमा उभ्याउदै चर्चित बनेकी गीता नेपालले थुप्रै फिल्म, टेलिफिल्म र म्युजिकभिडियोमा अभिनय गरिसकेकी छन । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हकहितमा खर्चिनकै लागी आफुले उमेद्वारी दिएको नेपालको भनाइ छ । कलाकारहरुको दुख पिडाको आवाज बनेर कलाकार संघलाइ अगाडी बढाउने प्रणको साथ् संघको आफ्नै भवन निर्माण गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने, उनको भनाइ छ ।

कलाकारहरुको हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न आफुले सकृय भूमिका खेल्ने र सदैब कलाकारकै सेवामा समर्पित हुने वाचाका साथ उमेद्वारी दिएको जानकारी दिइन । साथै उनले आफ्नो उमेद्वारीलाई सार्थक बनाउनको लागि आफुलाई बिजयी बनाउन सम्पूर्ण अग्रजहरुको आशीर्वाद र सदस्य कलाकार तथा पत्रकार साथीहरुको साथ, सहयोग तथा समर्थनको अपेक्षा रहेको बताएकी छन ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ११:०० मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...