
२४ जेठ । पाथीभरा जब लिंक प्रालि इटहरी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता भएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १ नम्बर प्रदेश कार्यालय इटहरीमा उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार जब लिंकमार्फत रोजगारीका लागि जाने सबैको ५ लाख बराबरको दुर्घटना बिमा निःशुल्क गरिनेछ । पहिलो बर्षका लागि बिमांक रकम जब लिंकले तिरिदिने र बाँकी वर्षहरुमा बिमित स्वयम. आफैले उक्त बिमांक रकम तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतापत्रमा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारी र इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्ताक्षर गरेका छन् ।
लिंक प्रालिका प्रबन्ध निर्देशक अधिकारीले सबैको पहुँचमा बिमा कार्यक्रम पुग्न नसकेका कारण धेरै अशुरक्षित भएर काम गर्नुपर्ने अवस्था सृजना भएको भन्दै प्रभु लाइफ इन्स्योरेन्ससँग भएको सम्झौताबाट रोजगारी सुरक्षित हुने विश्वास व्यक्त गरे ।
इन्स्योरेन्सका प्रदेश प्रमुख भटराइले प्रदेश १ मा पहिलो पल्ट सुरुवात गरिएको यस्तो बिमा कार्यक्रमले धेरै जनालाई फाइदा पुग्ने विचार व्यक्त गरे ।
वि.सं.२०७६ जेठ २४ शुक्रवार ११:०२ मा प्रकाशित






























