
२५ जेठ । नाम्चेमा अवस्थित हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक विकुमार विक उत्कृष्ठ प्रधानाध्यापकको रुपमा सम्मानित भएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका विद्यालयहरुमा एक्सन फर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित साक्षरता सुधार कार्यक्रम २०७५ मा सहभागि प्रधानाध्यापकहरु मध्येबाट विक उत्कृष्ठ भएका हुन् ।
उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर), प्रदेश सभा सदस्य बुद्धिकुमारराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा जन्मिएका विकले समग्र जिल्लाको शैक्षिक क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुन् ।
जिल्लामै विश्वकर्मा समुदायबाट पहिलो मास्टर डिग्रीको उपाधी प्राप्त गर्ने व्यक्ति हुन्, उनी । उनले यसअघि पनि विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
वि.सं.२०७६ जेठ २५ शनिवार ०९:४६ मा प्रकाशित






























