
हरेक कुरामा डर किन ,
नाम पछाडी थर किन ।
जनता खुसी छैन भने,
देशमा त्यो कर किन ।
मागी-मागी छोरीको बिहे,
सधैंभरि अरुकै भर किन ।
ऊनको लुगा हुन्छ न्यानो ,
जनावरको त्यो फर किन ।
गरिबलाई सुत्ने ठाउँ छैन,
नेताको दर्जन घर किन ।
वि.सं.२०७६ जेठ २५ शनिवार ०९:४५ मा प्रकाशित






























