back

चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विशेष पहल भइरहेको छ–नेता खनाल

वि.सं.२०७३ मंसिर १ बुधवार

495 

shares
IME Limited
NTC AD

jhalanath-khanal

१ मङ्सिर, इलाम । नेकपा ९एमाले० का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन विशेष पहल सुरू भएको बताउनुभएको छ ।

आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले इलामको पहिचान चियालाई ‘अग्र्यानिक’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका केही चिया बगानको परीक्षण तथा अनुगमन गरिरहेको छ, त्यसको रिपोर्ट आएपछि काम अघि बढ्छ, उहाँले भन्नुभयो ।

इलाम कृषि उत्पादनमा अग्रणी जिल्ला मानिएकाले चिया, अलैँची, अदुवा, ओलन ९दुध० लगायतको बजार विस्तारमा समेत पहल भइरहेको उहाँको भनाइ छ ।

एक फरक प्रसङ्गमा उहाँले आगामी एक वर्षभित्रमा तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको उहाँले बताउनुभयो । इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा पनि उहाँको जोड थियो । रासस

वि.सं.२०७३ मंसिर १ बुधवार ०४:११ मा प्रकाशित

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक...

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा...

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

स्याङ्जा । आँधीखोला बचाउ अभियानका अभियान्तमामाथि र प्रहार गरेको आरोपमा...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काममा फर्किएका...

तीन दलका शीर्ष नेताको बैठक बस्दै

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का...