
२७ जेठ, जापान। जापानमा रहेका विभिन्न क्षेत्रका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल–जापान डाइलग सिरिजको चौथो श्रृंखला सम्पन्न भएको छ ।
जुन ८ मा टोक्योको इचिगाया स्थित जाइका हलमा सम्पन्न भएको उक्त डाइलग सिरिजमा मूलतः जापानको आइटी क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच नेपालको आइटी प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहने बिज्ञ नेपाली समुदायहरुसँगको भेटले आफु हर्षित भएको र नेपाली दूताबासले यस्ता खालको कार्यक्रमहरुमा सदैव प्रोत्साहन र सहयोग गर्ने बताएकी थिइन् ।
राजदूत राणाले नेपालमा अहिले दुइ तिहाई बहुमत भएको सरकार रहेको र यो सरकारको एउटा मुख्य उद्धेश्य शिप, ज्ञान र लगानी भित्राउन इच्छुक रहेकोले सबै बिज्ञ र बक्ताहरुलाई आफ्नो शिप, ज्ञान र लगानी भित्राउन प्रोत्साहन गरेकी थिइन् । राजदूत राणाले बक्ताहरुले कार्यक्रममा ब्यक्त गरेको सुझाबलाई नेपाल सरकार समक्ष पुर्याइने पनि बताइन् ।

समृद्ध नेपाल अभियानको लागि नेपाल सरकारले बिदेशमा रहेका नेपाली विज्ञहरुको अभिलेख संकलन गर्ने कार्य भैरहेकोले राजदूत राणाले सबै जापानबासी नेपाली बिज्ञहरुलाई आफ्नो सूचना दर्ता गराउनुहुन अनुरोध समेत गरेकी थिइन् ।
यस कार्यक्रमका सहजकर्ता तोशिबा मेमोरी कर्पोरेशनका डा.कुमार बस्नेतले आइटी क्षेत्र नेपालको कुल ग्राहस्त उत्पादनको एउटा महत्वपूर्ण अंग भएको र नेपालले जापान संगको सहकार्यमा भबिस्यमा यो क्षेत्रमा धेरै फड्को मार्ने सम्भावना रहेको बताएका थिए ।

कार्यक्रमको पहिलो बक्ताका रुपमा टोक्यो इन्टरनेशनल युनिभर्सिटीका उपाध्यक्ष प्रा डा.जय राजासेकाराले नेपालको दिगो बिकासका नीतिहरु राम्रो भएकोले यसलाइ ब्यबहारमा उतार्नै पर्ने र सरकारी र निजी क्षेत्रको सहकार्य गर्दै अगाडि बढाउन आबस्यक रहेको औल्याए । नेसोनेल इन्स्ट्युट अफ इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजीका बरिस्ठ अनुसन्धानकर्ता डा यासुनोरी ओवादाले दुर्गम क्षेत्रहरुमा सूचना पुर्याउनको लागि नेर्व नेट प्रबिधि उपयुक्त हुने बताएका थिए ।
त्यस्तै नेसोनोल इन्स्ट्युट ओफ इन्फर्मेशन कोम्युनिकेसन टेक्नोलोजी का अनुसन्धानकर्ता डा.बेद काफ्लेले ५ नम्बर प्रविधि बिकासको लागि अत्याबस्यक रहेको बताउँदै नेपालमा आइटी क्षेत्रमा धेरै सम्भावना रहेको बताएका थिए ।

त्यस्तै दोस्रो सत्रका प्रथम बक्ताका रुपमा कोजी कोनोउचिले मौसम सम्बन्धि जानकारी दिन आइटीको प्रयोग बारेमा बताएका थिए । व्ष्न।वउ का अध्यक्ष ताएसुके फुकुनोले आफ्नो कम्पनीले १ डलरमा सीपीयु र १५ डलरमा बालबालिकाको लागि कम्प्युटर बनाउने हुनाले यो प्रबिधि नेपालमा सान्र्दभिक हुने बताए ।
सोहि अवसरमा आभाष मास्केले नेपाल सरकार र क्युशु युनिवर्सिटी ओफ टेक्नोलोजीको सहकार्यमा बिकास गरिएको नेपालको प्रथम भू उपग्रह बिकास कसरी सम्भब भयो र भबिस्यमा यसले गर्न सक्ने सम्भावना बारेमा चर्चागरेका थिए ।
तेस्रो सत्रमा सेमिनारमा भाग लिने केही कम्पनीका प्रतिनिधिहरुको परिचयात्मक सत्र राखिएको थियो ।

बिसेष बक्ताको रुपमा नेपाल सरकार भूमि व्यवस्थापन तथा अभिलेख विभागका माहानिर्देशक गोकर्णमणि दुवाडीले भिडियो मार्फत बोल्दै आफ्नो विभागमा भूमि व्यवस्थापनको लागि आइटी प्रविधिको प्रयोग गरिरहेको बताउदै यसले पारदर्शितामा सहयोग पुर्याउने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रमका बिशेष अतिथि नेपाली राजदूताबासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सबै बक्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै नेपालमा लगानी गर्न उचित बाताबरण भएको बताएका थिए ।
त्यस्तै बिज्ञ र कम्पनीका प्रतिनिधिहरुलाई कुनै पनि बिषयमा सुझाबको आबस्यकता भएमा राजदूताबास सधै सकारात्मक भएको बताएका थिए ।
क्योदाई रेमिट्यान्सको (आइएमई) को प्रायोजनमा सम्पन्न कार्यक्रममा करिब ८५ जना जापानी र नेपालीको उपस्थिति रहेको थियो ।
वि.सं.२०७६ जेठ २७ सोमवार ०९:२८ मा प्रकाशित





























