back

हावाहुरीका कारण कञ्चनपुरका ८७० घरमा क्षति

वि.सं.२०७६ जेठ २७ सोमवार

618 

shares
GLOBAL IME AD
NTC AD

२७ जेठ, भीमदत्तनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।” जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, “वास्तविक रेकर्ड आउन एक\दुई दिन लाग्छ ।”

उनले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिए । “स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।”

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत्त प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए । उनले विद्युत्तमा त्यहाँ रु डेढ करोड बराबरको क्षति भएको बताए । उनले जिल्लाकोे अधिकांश ठाउँमा विद्युत सञ्चालन भइसकेको बताए । “कृष्णपुरको रैकवारबिचुवामा विद्युत्त सञ्चालन हुन अझै दुई\तीन दिन लाग्न सक्छ”, उनले भने, “नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ ।”

क्षति विवरण सङ्कलनसँगै विद्युत सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उनले जानकारी दिए । “कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ”, उनले भने , “क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।”

त्यसैगरी त्यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।

वि.सं.२०७६ जेठ २७ सोमवार ०९:५२ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...