back
CTIZAN AD

अझैँ छाउपडी हटेन, महिलाबालबालिका मर्कामा

वि.सं.२०७६ जेठ २८ मंगलवार

798 

shares

२८ जेठ, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिए । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् ।

महिला तथा बालबालिका छाउगोठमा आगो तथा धुवाँले निस्सासिएर, सर्पले टोक्ने लगायतका कारणले मृत्यु भएको हो । मानव अधिकार उलङ्घन र जातीय छुवाछूत, भेदभाव तथा छाउपडी कायममै रहेको महिला अधिकारकर्मी तथा अधिवक्ता आरती जोशीले जानकारी गराइन् ।

चालू आर्थिक वर्षको हालसम्म मानव अधिकारसम्बन्धी २१ वटा उजुरी आयोगमा परेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख रावलले जानकारी दिए । अधिकार र कानूनका बारेमा ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी नहुनु र अदालत वा प्रशासनसम्म पुगे उजुरीकर्तालाई समाजले हेर्ने दृष्टिकोणफरक हुने भएकाले सर्वसाधारण उजुरी दिन डराउने उनको भनाइ थियो ।

समाजमा छाउपडी, छुवाछूत र भेदभाव, घरेलु हिंसाजस्ता घटना अझै बाहिर खुल्न नसकेको मानव अधिकार अभियन्ताको भनाइ छ । असह्य पीडा पाएपछि मात्रै केही घटना बाहिर वा अदालतसम्म पुग्ने गरेका अधिवक्ता युवराज जोशीले बताए । ग्रामीण भेगमा महिला तथा छुवाछूत र छाउपडीका कारण धेरैले हिंसाको शिकार हुनुपरेको अमरगढी–३ की दुर्गा पन्तले जानकारी गराइन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १२:४७ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...