
२९ जेठ, काठमाडोँ । खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढीरहेको पाइएको छ । हिमनदीको दुईसय मिटर गहिराइसम्म प्वाल पारेर पहिलोपटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो । यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमपात बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरुले बताएका छन् । अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ । बुधबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ २९ बुधवार ०८:३८ मा प्रकाशित




























