२९ जेठ, लार्चुला । जिल्लाको नौगाड गाउँपालिका –४ सिप्ठीस्थित गणेश विनायक माध्यामिक विद्यालयको सेफ्टीट्यांकीमा खसेर मंगलबार चार बालबालिकाको मृत्यु भएको छ । चार\पाँच वर्षअघि बनेको शौचालयको सेफ्टीट्यांकीमाथि खेलिरहेका चार बालबालिका ढकनसहित भित्र खसेका थिए । खसेका ती बालबालिकाको पुरिएर मृत्यु भएको सिप्टी प्रहरी चौकीले जनाएको छ । विद्यालय बन्द भइसकेपछि साढे चार बजेतिर यो घटना भएको हो ।
सिप्टा प्रहरी चौकीका इन्चार्ज देवदत्त भट्टका अनुसार मृत्यु हनेमा अन्दाजी ७\८ वर्षकी निरता ठगुन्ना, ९\१० वर्षकी अनुष्का धामी,८\९ वर्षका सुदिश धामी र ५ वर्षकी युनिका ठगुन्ना छन् । बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ २९ बुधवार ०८:२५ मा प्रकाशित