back
CTIZAN AD

संसद्मा मौन विरोध

वि.सं.२०७६ जेठ २९ बुधवार

684 

shares

२९ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथी मन्त्रालयगत छलफलको कार्यक्रम थियो । युवा तथा खेलकुद,सहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शर्षिकमा सांसदले बोल्ने क्रम जारी थियो । बोल्ने पालो आयो, सत्तारुढ नेकपाका सांसद झपट रावलको । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रावल रोष्ट्रममा पुगे । सहरी विकास मन्त्रालयकाको वार्षिक कार्यक्रमबारे आफूले बोल्न चाहेको बताएका उनी त्यसपछि मौन रहे । नबोली उभिएका रावल देखेर सबैजना मुखामुख गर्न थाले । कार्यक्रम सञ्चालन गरिरहेकी राधा ज्ञवालीले ‘माननीयज्यू के भयो ?’ भनेर सोधिन् । ‘ सभामुखज्यू, केही नभएकाले नबोलेको,’ रावलले जवाफ दिए र फेरि मौन रहे । सभामुखको आसनमा रहेकी ज्ञवालीले दोहोराएर सोधिन्, ‘ माननीयज्यू यो त समयको सदुपयोग भएन नि ।’ रावलले केही भए पो बोल्नु भन्दै बैठक कक्षतर्फ हेरेर मौन रहे । उनले घडी हेरे ६ मिनेट बोल्ने समय पाएका रावलले ४ मिनेट मौन उभिएरै बिताएसकेका थिए । ज्ञवालीले सांकेतिक विरोधको ध्यानाकर्षण भइसकेकाले बोल्न आग्रग गरिन् । बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०८:१३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...