back

संसद्मा मौन विरोध

वि.सं.२०७६ जेठ २९ बुधवार

372 

shares
GLOBAL IME AD
NTC AD

२९ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथी मन्त्रालयगत छलफलको कार्यक्रम थियो । युवा तथा खेलकुद,सहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शर्षिकमा सांसदले बोल्ने क्रम जारी थियो । बोल्ने पालो आयो, सत्तारुढ नेकपाका सांसद झपट रावलको । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रावल रोष्ट्रममा पुगे । सहरी विकास मन्त्रालयकाको वार्षिक कार्यक्रमबारे आफूले बोल्न चाहेको बताएका उनी त्यसपछि मौन रहे । नबोली उभिएका रावल देखेर सबैजना मुखामुख गर्न थाले । कार्यक्रम सञ्चालन गरिरहेकी राधा ज्ञवालीले ‘माननीयज्यू के भयो ?’ भनेर सोधिन् । ‘ सभामुखज्यू, केही नभएकाले नबोलेको,’ रावलले जवाफ दिए र फेरि मौन रहे । सभामुखको आसनमा रहेकी ज्ञवालीले दोहोराएर सोधिन्, ‘ माननीयज्यू यो त समयको सदुपयोग भएन नि ।’ रावलले केही भए पो बोल्नु भन्दै बैठक कक्षतर्फ हेरेर मौन रहे । उनले घडी हेरे ६ मिनेट बोल्ने समय पाएका रावलले ४ मिनेट मौन उभिएरै बिताएसकेका थिए । ज्ञवालीले सांकेतिक विरोधको ध्यानाकर्षण भइसकेकाले बोल्न आग्रग गरिन् । बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०८:१३ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...