
२९ जेठ, पोखरा । पोखरा प्रहरीले लागु औषध कारोबारीलाइ गोली चलाएर नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकाको उत्तम चोक निवासी लागुऔषध कारोबारी गोबिन्द थापालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको कास्की प्रहरीले जनाएको छ ।
लागु औषध कारोवार भइरहेको सुचनाका आधारमा पिछा गरेको प्रहरी माथिनै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाउदा थापा घाइते भएको प्रहरी निरीक्षक गणेश सुवेदीले बताएका छन् ।
थापाको बायाँ खुट्टामा गोली लागेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिएका छन् । प्रहरीका अनुसार थापाले प्रहरी टोलीमाथि मोटर साइकलले आक्रमण गरेका थिए । त्यसपछि प्रहरीकै हतियार खोस्न खोजेपछि बाध्य भएर गोली चलाएको सुवेदीले बताए ।
थापाको साथबाट डाइजोपाम सहितका १५ सय थान लागु औषध बरामद भएको प्रहरीले बताएको छ ।
वि.सं.२०७६ जेठ २९ बुधवार १३:२३ मा प्रकाशित