back
CTIZAN AD

पोखरामा गोली चल्यो, एक जना घाइते

वि.सं.२०७६ जेठ २९ बुधवार

672 

shares

२९ जेठ, पोखरा । पोखरा प्रहरीले लागु औषध कारोबारीलाइ गोली चलाएर नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिकाको उत्तम चोक निवासी लागुऔषध कारोबारी गोबिन्द थापालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको कास्की प्रहरीले जनाएको छ ।

लागु औषध कारोवार भइरहेको सुचनाका आधारमा पिछा गरेको प्रहरी माथिनै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाउदा थापा घाइते भएको प्रहरी निरीक्षक गणेश सुवेदीले बताएका छन् ।

थापाको बायाँ खुट्टामा गोली लागेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिएका छन् । प्रहरीका अनुसार थापाले प्रहरी टोलीमाथि मोटर साइकलले आक्रमण गरेका थिए । त्यसपछि प्रहरीकै हतियार खोस्न खोजेपछि बाध्य भएर गोली चलाएको सुवेदीले बताए ।

थापाको साथबाट डाइजोपाम सहितका १५ सय थान लागु औषध बरामद भएको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ जेठ २९ बुधवार १३:२३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...