back
CTIZAN AD

हज कार्यसम्पादन उपसमितिले भ्रष्टाचार गरेको ठहर, दशजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वि.सं.२०७६ जेठ ३० बिहीवार

672 

shares


३० जेठ, काठमाडौँ । हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसमेत १० जना उपर भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गराएको उक्त आरोपपत्रमा सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न हज यात्रीहरुका लागि आउनजानको लागि टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले गरेको बोलपत्र आह्वानमा कम रकमलाई पाखा लगाई बढी रकम बोलकबोल गर्ने हिना ट्राभल्स एण्ड टुर्स सँग सम्झौता गरेको र उनीहरुसँग लाखौ रुपैयाँ अनियमितता गरेको पुष्टि भएको ठहर गरेको छ ।

आयोगका प्रवक्ता मदन कोइरालाद्वारा जारी प्रेस विज्ञप्तीमा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, हज समिति सचिवालयका सदस्य(सचिव र लेखापाल तथा हिना ट्राभल्स एण्ड टुर्सका संचालक समेतको बदनियतपूर्वक मिलेमतोमा रू. ३८,००,०००।–(अठतीस लाख) रकम जफत गर्नु पर्ने दायर मुद्धामा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति
मिति २०७६।०२।२९ गते
हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जना उपर आरोपपत्र दायर गरिएको

वि.स। २०७४ (सन् २०१७) मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका लागि आउनजान (Round Trip) को लागि हवाई टिकट व्यवस्था गर्न नेपाल हज समितिको सचिवालयले मिति २०७४।०२।११ मा शिलबन्दी बोलपत्र आब्हानको सूचना प्रकाशित भएबमोजिमका शर्त पालना गरी रितपूर्वक दर्ता हुन आएका Universal Tours and Travels Pvt Ltd (Fly Dubai), Heena Travels and Tours (P)Ltd. (Air Arabia) र Sealinks Travels and Tours (P)Ltd (Etihad and Turkish Air) बोलपत्र दाताहरूले क्रमशः रकम रु.८८,९९५।, ९०,०००। र ९५,३००। कबोल गरेकोमा सबैभन्दा कम रुपैयाँमा तिर्थयात्री लाने ल्याउने जिम्मा लिने संस्थासँग सम्झौता गरी बोलपत्रको कार्यान्वयन गर्नुपर्नेमा कम अंक कबोल गर्नेलाई पाखा लगाई बढी अंकवालासँग लाखौँलाख घुसररिसवत लिई अनियमित, गैरकानुनी र भ्रष्टाचार गरेको भन्नेन ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सबैभन्दा कम अंक प्रस्ताव गरी हजयात्री लाने ल्याउने जिम्मा लिने संस्थाको बोलपत्र स्वीकृत नगरी हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरी सोही हज कार्यसम्पादन उपसमितिका संयोजक मोहम्मद शोऐब तथा अन्य सदस्यहरुले दोश्रो कम अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गर्ने कार्यमा एकलौटी ढंगले निर्णय गरी हज सचिवालयका सदस्य(सचिव तथा लेखापालसँग समेत कुनै पनि आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना सम्वन्धमा कुनै रायसल्लाहसमेत नलिई दोश्रो घटी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरेको साथै नेपाल हज समिति सचिवालयका सदस्य(सचिव र लेखापालले उक्त गैरकानूनीरूपमा भएको निर्णयलाई कार्यान्वयन नगर्नु पर्नेमा आफ्नो अधिकार र दायित्व निर्वाह नगरी हिना ट्राभल्स एण्ड टुर्सलाई हवाई टिकटको सम्पूर्ण रकम भुक्तानी दिएको तथा सार्वजनिक खरिद ऐन २०६३ को दफा २१ को उपदफा (१) र सोही दफाको उपदफा (२) को देहाय (क) मा उल्लेख भएबमोजिम निज हिना ट्राभल्स एण्ड टुर्सले बोलपत्रसाथ पेश गरेको बोलपत्र जमानतवापतको रू।३८,००,०००।–(अठतीस लाख) जफत गर्नुपर्नेमा बोलपत्र जमानत तथा कार्यसम्पादन जमानतसमेत फुकुवा गरिदिएको पाइएकोले हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, हज समिति सचिवालयका सदस्य(सचिव र लेखापाल तथा हिना ट्राभल्स एण्ड टुर्सका संचालक समेतको बदनियतपूर्वक मिलेमतोमा उक्त गैरकानूनी निर्णय कार्यान्वयन गरी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आई देहायका व्यक्तिहरु मोहम्मद शोऐब, अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनको हकमा देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
मदन कोइराला

वि.सं.२०७६ जेठ ३० बिहीवार ०८:३४ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...