back
CTIZAN AD

चैतसम्ममा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

वि.सं.२०७६ असार १ आइतवार

690 

shares

१ असार, चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”
पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले रोष प्रकट गरे । पार्टीको जागरण अभियान प्रचारात्मक भए पनि सङ्गठनात्मक रुपमा केही हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले भने, “जागरण अभियान प्रचारात्मक भयो, कार्यकर्ता चलायमान भए तर सङ्गठानात्मक रुपमा केही पनि भएन ।”

फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पु¥याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए । नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”

वि.सं.२०७६ असार १ आइतवार १६:२८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...