
२ असार, स्याङ्जा । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नाराका साथ फेदीखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजना गरिएको दोस्रो अध्यक्ष कप २०७६ (-7ÚAÚ SIDE फुटबल) फेदीखोला गाउँपालिका वार्ड नं. १ स्थित श्री दामगाडे मा.वि. को खेल मैदानमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा प्रमुख अतिथि मिन प्रसाद गुरुङले ’खेल नै स्वास्थ्यको धन भएको’ बताएका थिए ।
गाउँपालिकाद्वारा आयोजित यस खेलमा गाउँपालिका भित्रका १४ टिमको सहभागीता रहेको थियो ।

१२ वटा सहभागी टिमलाई पराजित गर्दै प्रतियोगिताको फाईनलमा फेदीखोला गा.पा. वार्ड न. १ को माछापुछ्रे युवा क्लब र वार्ड नं २ को हिमशिखर क्लब बिच फाइनल खेल भएको थियो ।
यस अनुसार हिमशिखर क्लबले माछापुछ्रे युवा क्लबलाई Sudden Death मा पराजित गर्दै उपाधी जित्न सफल भएको थियो ।
यससगै बिजेताले रनिङ ट्रफि, विजेता ट्रफि, प्रमाणपत्र र नगद रु.३०,०००, र उप–बिजेताले ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु. २०,००० प्राप्त गरेका छन् ।

खेलमा Best Player माछापुछ्रे युवा क्लबका खेलाडी सुनिल गुरुङ र Best Goalkeeper / Highest Scorer क्रमशः हिमशिखर क्लबका प्रकाश परियार, अजय कार्कीले पाएका छन् । यससँगै Best Player ले बुट, Best Goalkeeper ले Highest Scorer ले समेत बुट सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
दुई दिनसम्म सञ्चालन भएको यस खेल निकै सभ्य अनि भव्य रुपमा समापन भएको थियो । समापन कार्यक्रम स्याङ्जा जिल्ला क्षेत्र नं १ का संघीय सांसदका सदस्य माननीय नारायण प्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका लागी खेल आवश्यक रहेको र अब सिंगो खेलकुद क्षेत्रलाई स्वास्थ्य मात्र नभएर एकता र समृद्धी सँगसँगै जोडेर लैजानु पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य खड्क बहादुर रानाभाट, प्याब्सन केन्द्रिय उपाध्यक्ष पुष्पराज बराल, प्याब्सन गण्डकी प्रदेश उपाध्यक्ष हर्क बहादुर कार्की लगायत स्थानियबासी, बुद्धिजीवी, भद्रभलाद्मी, प्रहरी प्रशासन लगायत खेलप्रेमीहरुको निकै उत्साहजनक सहभागीता रहेको थियो ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवि थापाले मन्तव्य राखेकी थिइन् भने जिल्ला खेलकुद परिषद सदस्य राजन पराजुलीले सञ्चालन गरेका थिए ।
वि.सं.२०७६ असार २ सोमवार १५:५५ मा प्रकाशित




























