
२ असार । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप जबरालाई नियुक्त भएका छन् । हालै सम्पन्न विशेष साधारणसभाले चयन गरेको सञ्चालक समिति राणा सहित उक्त समिति ५ जनाको रहेको छ । राणा शेयरधनीको तर्फबाट निर्वाचित भएका हुन् ।
शेयरधनीकै तर्फबाट कृष्णप्रसाद ज्ञवाली रहेका छन् भने तथा सर्वसाधारण शेयरधनीको तर्फबाट महेशप्रसाद पोखरेल र श्रीमती अनुराधा चौधरी निर्वाचत भएको बैकले जनाएको छ ।
यसअघि नियुक्त भएका स्वतन्त्र सञ्चालक प्रा. डा गणेशप्रसाद पाठक सहित ५ जनाको उक्त सञ्चालक समितिले असार १ गते पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
साथै बैंककको केन्द्रीय कार्यालय कामनपा वडा नं १ दरबारमार्गबाट कामनपा वडा नं २ टंगालमा सरेको जनाइएको छ ।
वि.सं.२०७६ असार २ सोमवार १५:४७ मा प्रकाशित






























