
२ असार, बहराईन । गत वैशाख २३ गतेका दिन प्रज्ञा भवन काठमाण्डौंमा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच ऐतिहासिक एकता भई ‘समाजवादी पार्टी, नेपाल’ गठन भएसँगै यतिबेला तत्कालिन दुवै पार्टीका सबै तहका संगठनहरूको समायोजन प्रक्रिया तिब्र रूपमा चलिरहेको छ ।
यसै शिलशिलामा गत २०७६ ज्येष्ठ ३१ गते तदनुसार १४ जुन २०१९ शुक्रवारका दिन खाडी क्षेत्र अन्तर्गतको बहराईनमा पनि तात्कालिन नेपाली सङ्घीय समाज, बहराईन (ससफो) र तात्कालिन अन्तर्राष्ट्रिय नेपाली समाज, बहराईन (नयाँ शक्ति) बिच पनि विधिवत रूपमा समायोजन (एकता) घोषणा भई नयाँ कार्यसमिति चयन भएको छ ।

उक्त तदर्थसमितिको अध्यक्षमा प्रह्लाद लिङ्देन, वरिष्ठ उपाध्यक्षमा राम सेबक महत्तो, पाँच उपाध्यक्षमा क्रमश अमर जंग गुरुङ,पूरण घले, एकराज राई, मान बहादुर तामाङ, ग्याल्जेन शेर्पा, महासचिवमा बिरेन्द्र तुम्बापो, सचिव मिलन राई, सहसचिव सञ्जीव वाग्ले, सहसचिवमा बिष्णु नारायण भगत चौधरी, कोषाध्यक्षमा कविता लामिछाने, सहकोषाध्यक्षमा सुवास गुरुङ, कोष सचिवमा सबिता नेयोङ रहेका छन् ।
त्यस्तै समाजको प्रमुख सल्लाहकारमा तोयानाथ सम्बाहाम्फे र अन्य सल्लाहकारमा कुमार बि.क., तेम्बा शेर्पा,पदम गुरुङ, खगेन्द्र राई, राम बहादुर मगर,अप्रदिप राई,सन्तोष ईङ्नाम,महेन्द्र तामाङ, डेबिड खेवा र महेश चेम्जोङ रहेका छन् ।

कार्यक्रममा दुवै संगठनका प्रमुखहरू क्रमशः नेपाली सङ्घीय समाज बहराईनका अध्यक्ष प्रह्लाद लिङ्देन र अन्तर्राष्ट्रिय नेपाली समाज बहराईनका कार्यवाहक अध्यक्ष राम सेबक महत्तो दुवैको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा युवा एवं जुझारू ब्यक्तित्व झहरमान थेबे रहेका थिए ।
तात्कालिन नेपाली सङ्घीय समाजका सचिव मिलन राईले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार खगेन्द्र राईले स्वागत मन्तव्य राख्दै सुरू भएको कार्यक्रममा महासचिव बिरेन्द्र तुम्बापोले विषय प्रवेश गराउँदै सहमतिका प्रमुख आधार र बुँदाहरू वाचन गरि सकेपछि सहमतिय आधारमा समायोजित गरिएको तदर्थ कार्यसमिति र सल्लाहकार समितिको नामावली समेत वाचन गरेर सुनाएका थिए ।

त्यस पश्चात दुवै संगठन प्रमुखहरूद्वारा सहमति पत्रमा हस्ताक्षर गर्दै हात मिलाएर सोही दिन देखि दुवै संगठनहरू समायोजन भई उप्रान्त एउटै मात्रै संगठन ‘अन्तर्राष्ट्रिय नेपाली समाज, बहराईन’ रहने घोषणा पनि गरेका थिए ।
एकीकृत संगठनको घोषणा पश्चात तात्कालिन अन्तर्राष्ट्रिय नेपाली समाजका कोषाध्यक्ष पदम गुरुङ, प्रमुख अतिथि झहरमान थेबेले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै हजारौं योद्धाहरूको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालाई रक्षा तथा संस्थागत गर्न र उत्पीडित जनताको हकहित, सामाजिक न्याय, मुलुकमा दिगो शान्ति, आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गराउनको लागि ‘समाजवादी पार्टी, नेपाल’ को जन्म भईसकेको विश्वास ब्यक्त गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको पक्षधर तथा देश र जनताको भलाई चाहने तमाम न्यायप्रेमी नेपाली नागरिकहरूले छिटोभन्दा छिटो यही पार्टी र संगठनमा आवद्ध भई एकतावद्ध हुन अनुरोध गरेका थिए ।
कार्यक्रमको अन्त्यमा तात्कालिन अन्तर्राष्ट्रिय नेपाली समाजका कार्यवाहक अध्यक्ष एवं कार्यक्रमका सभापति राम सेबक महत्तो र तात्कालिन नेफेसो अध्यक्ष एवं कार्यक्रम सभापति प्रह्लाद लिङ्देनले नव गठित समितिलाई बधाई तथा शुभकामना दिँदै पार्टी, संगठन र निति प्रति अनुशासित र ईमान्दार भई बिधान र नियमावलीले निर्देश गरेका सम्पूर्ण कार्यहरू गर्नको लागि कुनै पनि कसर बाँकी नराखी हातमा हात र साथमा साथ मिलाएर संगठन निर्माण र पार्टीको लक्ष प्राप्तिमा निरन्तर अघि बढिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वि.सं.२०७६ असार २ सोमवार १५:२५ मा प्रकाशित






























