back
CTIZAN AD

अब सिंहदरबारको कुर्सी हल्लिने नेतृ भुसालको चेतावनी,अरु कसले के भने त ?

वि.सं.२०७६ असार ४ बुधवार

729 

shares

४ असार, काठमाण्डौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद पुष्पा भुसालले अब बालुवाटार नभएर सिंहदरबाको कुर्सी हल्लिने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेतृ भुसालले गुठी विधेयकले बालुवाटारको कुर्सी हल्लिएको बताउँदै मिडिया काउन्सील विधेयक लगायतका अन्य विधेयक फिर्ता नलिए अब सिंहदबारकै कुर्सी हल्लिने चेतावनी दिएकी छन् ।

त्यस्तै  सांसद देव प्रसाद गुरुङले संविधान अनुसार नै संसदमा प्रधानमन्त्रीले पहिले बोल्ने अभ्यासको थालनी गरेको बताउँदै प्रतिपक्षले मंगलबार गरेको संसद अवरोधप्रति आपत्ति जनाएका थिए ।

सांसद नवराज सिलवालले लोकतन्त्रको दुहाइ दिने दल नेपाली कांग्रेस नै त्यो अभ्यासमा नरहेको बताउँदै मंगलबार संसदीय मर्यादामाथि प्रहार भएको भन्दै रोष प्रकट गरेका थिए ।

त्यस्तै सांसद प्रेम सुवालले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने घोषणाबाट पछि हटेर बाहिर गएको भन्दै प्रधानमन्त्रीले नैतिक रुपमा राजीनामा दिने स्थिति आएको बताए । उनले बेलायतकी प्रधानमन्त्रीको राजीनामाको उदाहरण दिदैं प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका थिए ।

सांसद निरुदेवी पालले सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको रहेको बताउँदै लोकतन्त्रको मसिहा ठान्नेले नै त्यसको उपहास गरेको बताईन् ।

सांसद पार्वता डिसी चौधरीले सदनबाट भागेर बाहिरबाट विधेयक फिर्ता लिनु संसदको उपहास भएको बताइन् । उनले भारतबाट आउने मालबाहक गाडी चेक जाँच नगर्ने भन्दै गृहमन्त्रीले दिएको निर्देशन बारे आफ्ना भनाई राख्दै प्रश्न गरिन् ‘गृहमन्त्री भारतको हो कि नेपालको ?’

त्यस्तै सांसद पदम गिरीले बजेटका विषयमा आफ्ना कुरा राख्दै शिक्षकलाई २० प्रतिशत तलब वृद्धि भएको अवस्थामा इसिडी शिक्षकको लागि सुविधा थप नगरिएको विषयमा बताउँदै जम्मा ६ हजारमा क म गर्न बाध्य भएका उनीहरुकोे श्रमको शोषण भएको भन्दै ध्यानाकर्षण गराए ।

सासंद नमिता कुमारी चौधरीले लोकसेवा विभागको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विज्ञापन खारेज गर्न माग गरिन् भने सांसद देवेन्द्र राज कंडेल गुठीका विषयमा बोलेका थिए ।

सांसद नागेन्द्र कुमार चौधरीले लागू औषधको विकृतिको बारेमा आफ्ना भनाई राख्दै लागु पदार्थ युवाहरुको दैनिकी नै बनेको बताए । उनले भारतीय जिल्लासँग सीमा जोडिएका ठाउँमा रहेका प्रहरी प्रमुखले सीमापारीका प्रहरीप्रमुखसँग छलफल गरेर लागू औषध ओसारपसार नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै सांसद पद्म नारायण चौधरीले सिराहा जिल्लामा खानेपानीको अभावका बारेमा जानकारी गराएका थिए । उनले थोपा सिचाइको अभाव रहेको तथा किसानको खेत –खेतमा विजुली र डिप टुवेलको व्यवस्थाका गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद प्रकाश रासायलीले सोमबार बझाङको मष्टामा भएको जिप दुर्घटनाबारे बताउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र उपचार तथा पछिल्लोपटक कंचनपुरमा आएको हावाहुरीबाट प्रभावितहरुलाई पनि उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७६ असार ४ बुधवार १२:३४ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...