back

अब सिंहदरबारको कुर्सी हल्लिने नेतृ भुसालको चेतावनी,अरु कसले के भने त ?

वि.सं.२०७६ असार ४ बुधवार

576 

shares

४ असार, काठमाण्डौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद पुष्पा भुसालले अब बालुवाटार नभएर सिंहदरबाको कुर्सी हल्लिने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेतृ भुसालले गुठी विधेयकले बालुवाटारको कुर्सी हल्लिएको बताउँदै मिडिया काउन्सील विधेयक लगायतका अन्य विधेयक फिर्ता नलिए अब सिंहदबारकै कुर्सी हल्लिने चेतावनी दिएकी छन् ।

त्यस्तै  सांसद देव प्रसाद गुरुङले संविधान अनुसार नै संसदमा प्रधानमन्त्रीले पहिले बोल्ने अभ्यासको थालनी गरेको बताउँदै प्रतिपक्षले मंगलबार गरेको संसद अवरोधप्रति आपत्ति जनाएका थिए ।

सांसद नवराज सिलवालले लोकतन्त्रको दुहाइ दिने दल नेपाली कांग्रेस नै त्यो अभ्यासमा नरहेको बताउँदै मंगलबार संसदीय मर्यादामाथि प्रहार भएको भन्दै रोष प्रकट गरेका थिए ।

त्यस्तै सांसद प्रेम सुवालले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने घोषणाबाट पछि हटेर बाहिर गएको भन्दै प्रधानमन्त्रीले नैतिक रुपमा राजीनामा दिने स्थिति आएको बताए । उनले बेलायतकी प्रधानमन्त्रीको राजीनामाको उदाहरण दिदैं प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका थिए ।

सांसद निरुदेवी पालले सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको रहेको बताउँदै लोकतन्त्रको मसिहा ठान्नेले नै त्यसको उपहास गरेको बताईन् ।

सांसद पार्वता डिसी चौधरीले सदनबाट भागेर बाहिरबाट विधेयक फिर्ता लिनु संसदको उपहास भएको बताइन् । उनले भारतबाट आउने मालबाहक गाडी चेक जाँच नगर्ने भन्दै गृहमन्त्रीले दिएको निर्देशन बारे आफ्ना भनाई राख्दै प्रश्न गरिन् ‘गृहमन्त्री भारतको हो कि नेपालको ?’

त्यस्तै सांसद पदम गिरीले बजेटका विषयमा आफ्ना कुरा राख्दै शिक्षकलाई २० प्रतिशत तलब वृद्धि भएको अवस्थामा इसिडी शिक्षकको लागि सुविधा थप नगरिएको विषयमा बताउँदै जम्मा ६ हजारमा क म गर्न बाध्य भएका उनीहरुकोे श्रमको शोषण भएको भन्दै ध्यानाकर्षण गराए ।

सासंद नमिता कुमारी चौधरीले लोकसेवा विभागको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विज्ञापन खारेज गर्न माग गरिन् भने सांसद देवेन्द्र राज कंडेल गुठीका विषयमा बोलेका थिए ।

सांसद नागेन्द्र कुमार चौधरीले लागू औषधको विकृतिको बारेमा आफ्ना भनाई राख्दै लागु पदार्थ युवाहरुको दैनिकी नै बनेको बताए । उनले भारतीय जिल्लासँग सीमा जोडिएका ठाउँमा रहेका प्रहरी प्रमुखले सीमापारीका प्रहरीप्रमुखसँग छलफल गरेर लागू औषध ओसारपसार नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै सांसद पद्म नारायण चौधरीले सिराहा जिल्लामा खानेपानीको अभावका बारेमा जानकारी गराएका थिए । उनले थोपा सिचाइको अभाव रहेको तथा किसानको खेत –खेतमा विजुली र डिप टुवेलको व्यवस्थाका गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद प्रकाश रासायलीले सोमबार बझाङको मष्टामा भएको जिप दुर्घटनाबारे बताउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र उपचार तथा पछिल्लोपटक कंचनपुरमा आएको हावाहुरीबाट प्रभावितहरुलाई पनि उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७६ असार ४ बुधवार १२:३४ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...