back
CTIZAN AD

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

वि.सं.२०७६ असार ५ बिहीवार

759 

shares

५ असार, नेदरल्यान्डस् ।  मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।

अर्को वर्ष मार्चदेखि दोषी ठहर गरिएका सैनिक तथा जासुसी कार्यमा संलग्न चारै जनामाथि नेदरल्यान्ड्समा मुद्दा चलाइनेछ । तर रुसी र युक्रेनी दुबै मुलुकले चार व्यक्तिलाई नेदरल्यान्ड्स सुपुर्दगी गर्न अस्वीकार गरेका कारण अनुपस्थितिमै मुद्दाको सुनुवाई हुनेछ ।रुसले विमान खसालिएको सम्बन्धमा आधारहीन आरोप लगाएको भन्दै आफ्ना नागरिक निर्दोष रहेको जनाएको छ ।

उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट मलेसियाको क्वालालम्पुर जाँदै थियो । रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी युक्रेनको आकाशमा उक्त विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो ।नेदरल्यान्ड्सको अनुसन्धान टोलीको सिफारिस बमोजिम दोषी ठहर गरिएका चारै जनाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको छ । दोषी ठहर गरिएका रुसी नागरिकहरुमा आइगोर गर्किन, सर्गेइ डुबिन्स्की र ओलेग पुलाटोभ तथा युक्रेनी नागरिक लियोनिद खार्चेन्को रहेका छन् ।दोषी ठहर गरिएका चारै जना डोनेस्क पिपुल्स रिपब्लिकका पृथकतावादी सैनिक तथा जासुसी नेताहरु रहेका छन् ।

नेदरल्यान्ड्सका अनुसन्धाता फ्रेड वेस्टरबेकले पूर्वी युक्रेनमा रुसबाट अत्याधुनिक बियुके क्षेप्यास्त्र प्रणाली भित्र्याउन ती चार व्यक्ति मुख्यरुपमा जिम्मेवार रहेको बताउँदै तर उनीहरुले नै क्षेप्यास्त्र प्रहार गरेको भने पुष्टी हुन बाँकी रहेको जानकारी दिए । “हामी ती चार जनालाई सुपुर्दगी गर्नुपर्छ भन्दैनौं किनभने रुस र युक्रेनको कानुनमै आफ्ना नागरिक सुपुर्दगी गर्ने प्रावधान छैन । तर हामी यस अनुसन्धानमा दुबै मुलुकले सहयोग गर्नुपर्नेमा जोड दिइरहेका छौं,” फ्रेडले बताए ।
एमएच१७ मा यात्रारत व्यक्तिका आफन्तहरुले दोषीमाथि कारबाही गर्न गरेको सिफारिसलाई स्वागत गरेका छन् ।

वि.सं.२०७६ असार ५ बिहीवार १३:२३ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...