back
CTIZAN AD

दिदीकै सेटिङमा बहिनी बलात्कार !

वि.सं.२०७६ असार ६ शुक्रवार

831 

shares

६ असार, विराटनगर । मोरङमा १९ वर्षीय एक युवती नातामा दिदी पर्नेको ‘सेटिङ’मा बलात्कृत भएकी छन् ।
पथरी शनिश्चरे नगरपालिका ५ की २२ वर्षीया अन्जना थापाले नातामा बहिनी पर्नेलाई मोरङ केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्याएर बलात्कारको वातावरण मिलाईदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राम कुमार राईका अनुसार अनुसन्धानबाट अन्जनाले प्रेमी, सुन्दर हरैचा नगरपालिका १२ का ३९ वर्षीय सञ्जिव कुमार शंकरको आग्रहमा यो घटना गराएको देखिन्छ । अन्जनाले प्रेमी संजिव कुमार सँग मिलेर गोरखा पृथ्वीनगर ७ का ३२ वर्षीय विश्वास कट्टेललाई बहिनी नाता पर्नेलाई बलात्कारको वातावरण मिलाईदिएको राईले बताएको शुक्रबारको अन्नपूर्ण पोस्टमा समाचार छ ।
अन्जना र विश्वासवीच भने चिनजान नरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सञ्जिव र विश्वास साथी–साथी हुन् । सञ्जिवको विराटचोकमा मेडिकल हल छ । उनीसँगको सम्पर्कका आधारमा गोरखाका विश्वास विराटचोकमा जग्गा कारोबारमा संलग्न छन् ।
पीडितको जाहेरीका आधार प्रहरीले तीनैजनालाई पक्राउ गरेर असार १ गते जर्वजस्ती करणीको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०९:३० मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...