back

भारतमा बस दुर्घटना, २० को मृत्यु, ३५ जना घाइते

वि.सं.२०७६ असार ६ शुक्रवार

543 

shares

६ असार, नयाँ दिल्ली । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

घटनामा परेर ३५ जना घाइते भएकोमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि झण्डै १६८ किलोमिटर टाढा पर्दछ । सडकबाट झण्डै ५०० मिटर तल खसेर बस दुर्घटना भएको हो ।“यात्रु बोकेर आइरहेको बस आज बन्जारको सडकबाट धेरै तल खोँचमा खसेको छ, घटनामा परी कम्तीमा २० जना मारिएका छन् भने अरु ३५ भन्दा बढी घाइते भएका छन्,” एक सरकारी अधिकारीले भने ।उनले घटनास्थलमा उद्धारकर्मीहरू पठाइएको र घाइतेहरूलाई अस्पताल लगिएको पनि जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने धेरैले अनुमान गरेको समाचारमा जनाइएको छ ।

भारतमा सडक दुर्घटनामा परी सयौँ मानिसको मृत्युका घटना बेला बेलामा भइरहने गरेका छन् । विषेश गरेर खराव अवस्थाका सडक, पर्याप्त मर्मत नगरिएका सवारी साधन र चालकको लापर्वाही दुर्घटनाका मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०९:२३ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...