back
CTIZAN AD

भारतमा बस दुर्घटना, २० को मृत्यु, ३५ जना घाइते

वि.सं.२०७६ असार ६ शुक्रवार

789 

shares

६ असार, नयाँ दिल्ली । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

घटनामा परेर ३५ जना घाइते भएकोमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लाको बान्जार क्षेत्रमा रहेको पहाडी क्षेत्रमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थल बन्जार हिमाञ्चल प्रदेशको राजधानी शिमालदेखि झण्डै १६८ किलोमिटर टाढा पर्दछ । सडकबाट झण्डै ५०० मिटर तल खसेर बस दुर्घटना भएको हो ।“यात्रु बोकेर आइरहेको बस आज बन्जारको सडकबाट धेरै तल खोँचमा खसेको छ, घटनामा परी कम्तीमा २० जना मारिएका छन् भने अरु ३५ भन्दा बढी घाइते भएका छन्,” एक सरकारी अधिकारीले भने ।उनले घटनास्थलमा उद्धारकर्मीहरू पठाइएको र घाइतेहरूलाई अस्पताल लगिएको पनि जानकारी दिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने धेरैले अनुमान गरेको समाचारमा जनाइएको छ ।

भारतमा सडक दुर्घटनामा परी सयौँ मानिसको मृत्युका घटना बेला बेलामा भइरहने गरेका छन् । विषेश गरेर खराव अवस्थाका सडक, पर्याप्त मर्मत नगरिएका सवारी साधन र चालकको लापर्वाही दुर्घटनाका मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०९:२३ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...