back
CTIZAN AD

लुम्बिनीमा पनि भब्यरुपमा मनाईयो योग दिवस

वि.सं.२०७६ असार ६ शुक्रवार

2.5K 

shares

डिला रेग्मी, असार ६, लुम्बिनी ।  पाँचौ अन्तराष्ट्रिय योग दिवस लुम्बिनीमा भब्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार बिहान पाँच बजे लुम्बिनी साँस्कृतिक नगरपालिका १० महिलबारमा रहेको दुर्गा मन्दिरबाट बिभिन्न संघ सस्थाका प्रतिनिधि, बिद्यार्थी, ब्यवसायी लगायतले योग कुनै धर्म बिशेषको होईन, जात बिशेषको होईन वर्ण लिङ्ग तथा राजनीति बिशेषको होईन योग संजिबनी हो योगले हामीभित्र रहेको प्रणलाई जागरुप गर्छ जस्ता योग सम्बन्धी नारा लेखिएको प्लेकार्ड लिएर प्रभातफेरि गरिएको थियो ।

प्रभातफेरि कार्यक्रम महिलबार रोड हुँदै मायाँदेबि मन्दिर प्रबेशद्धार गेटहुँदै विश्व शान्ति दिप नजिक लिटिल बुद्धको प्रतिमा अगाडि औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमका अध्यक्ष योग गुरु गोबिन्द शर्माले पानसमा बत्ति बालेर उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मोहन चौधरी थिए । साथै विशिष्ट अतिथिको रुपमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अग्नेश कुमार त्रिपाठी, दुर्गा शर्मा, सरोज भट्टराई, सागर भंते, प्रदेश सांसद फक्रुदिन खान, शसस्त्र प्रहरी बलका दलबहादुर पाण्डे, ईप्रका लुम्बिनीका ईन्चार्ज लगायत थिए ।
करिव पाँचसय जनाको उपस्थितिमा भएको सो कार्यक्रमको सञ्चालन शंकर गौतमले गरेका थिए ।

कार्यक्रममा बक्ताहरुले योग, सूर्यको उदय देखिनै सुरुभएको हो । विभिन्न काल खण्डमा विभिन्न तरिकाले योग गरेपनि पतंजली ऋषिले लिपिबद्ध गरेपछी योग पछिल्लो समय संसारभर नियमबद्ध तरिकाले योग गर्दै धेरै मानिसले स्वस्थ्य लाभ लिई रहेको र २४ घण्टाको समयमा १ घण्टा आफ्नो स्वस्थ्यलाई छुट्टाएर योग गर्नेहो भने दिर्घजीवी तथा निरोगी भइरहने, धेरै औषधी खान नपर्ने र धेरैपटक डाक्टरसँग धाउन नपर्ने वक्ताहरुले बताएका थिए ।

पतंजली योग समितिले उपस्थित सम्पूर्ण संघ संस्थालाई अतिथिहरुको हातबाट प्रसंसापत्र ज्ञापन गरिएको थियो ।

अन्त्यमा औपचारीक कर्यक्रमका अध्यक्ष तथा योग गुरु गोबिन्द शर्माले कार्यक्रमलाई योग आसनामा परिणत गरि उपस्थित सबैजनालाई विभिन्न योग आसन सिकाएर कार्यक्रम समापन गरेका थिए ।

उक्त योग दिवस कार्यक्रम पतंजली योग समिति लुम्बिनीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी, लुम्बिनी बिकास कोष लुम्बिनी, लुम्बिनी होटल ब्यबसायि संघ लुम्बिनी, मृत्या गुरु कुल लुम्बिनी, करुणा नमुना महिला बिद्यालय लुम्बिनी ,बुद्ध लाईट ईङ्लिस स्कुल लुम्बिनी, मायाँदेबी आमा समूह लुम्बिनी, ईलाका प्रहरी कार्यलय लुम्बिनी, शसस्त्र प्रहरीबल लगायतका संघ संस्थाको सह आयोजना र सक्रियतामा विश्व शान्तिको क्षेत्र मुहान लुम्बिनीमा सम्पन्न भएको हो ।

वि.सं.२०७६ असार ६ शुक्रवार ११:१९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...