back
CTIZAN AD

लागुऔषधसहित दुई पक्राउ

वि.सं.२०७६ असार ६ शुक्रवार

2.2K 

shares

६ असार, नवलपरासी । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् । भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई÷दुई एमएलको १००÷१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताउनुभयो ।

अवैध कपडासहित एक पक्राउ

सीमा प्रहरी चौकी महेशपुर नवलपरासीले करीब रु चार लाख बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सरावल गाउँपालिका–३ हात्तीवनमा गस्ती गर्ने क्रममा भारतबाट लुकाइछिपाई भारतीय मोटरसाइकलमा ल्याइएको अवस्थामा अवैध कपडा र कारोवारमा संलग्न पाल्हीनन्दन–१ छोटकी सुनरी बस्ने वर्ष १८ का अजमत अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुई भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको फूलसर्ट ८०४ थान, दोसल्ला ३०० थान र दुईवटै मोटरसाइकल गरी रु चार लाख बराबरको मालसमान बरामद गरिएको हो । कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको र कारोवारमा संलग्न अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार १०:५१ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...