back
CTIZAN AD

कर्णाली नदीमा बेपत्ता भएकाको पुत्ला बनाएर दाहसंस्कार गरियो

वि.सं.२०७६ असार ६ शुक्रवार

2K 

shares

६ असार, हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए ।

बुधबार अपराह्न १ः३० बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका नौ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् । बेपत्ता जिप र शवको खोजीकार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयवासीको मागअनुसार बेपत्ता भएका नौ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन् । आफन्त र गाउँपालिकाका स्थानीयवासीको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाएका थिए भने नेपाली काङ्ग्रेसका जिल्ला सचिव महनविक्रम सिंहले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए । जिप दुर्घटनामा बेपत्ता भएका काठमाडौँका राजु श्रेष्ठ र एक जना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन ।

वि.सं.२०७६ असार ६ शुक्रवार १०:१३ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...