
६ असार, काठमाण्डौं । त्रयम्बकम सहकारीले आफ्ना २२ उत्पादनहरुको विक्रिका लागि काठमाण्डौंमा विक्रि केन्द्रको शुरुवात गरेको छ ।
त्रयम्बकम सहकारी, चिनारी आर्युवेर्द तथा गैरआवासीय नेपाली संघ जडिबुटी प्रवद्र्धन उपसमितिको समन्वयमा सो विक्रि केन्द्र शुभारम्भ भएको अभियन्ता डा. भगवान चन्द्र ज्ञवालीले बताएका छन् ।
कार्यक्रममा त्रयम्बकम सहकारीका अध्यक्ष डा. वद्रि गौतमले मानव स्वास्थ्यलाई ख्याल गरी नेपाली मौलिक उत्पादन सुरु गरिएको बताउँदै काठमाण्डौंको ठमेल पछि अनामनगर, महाराजगन्ज र क्रमश ललितपुरमा विक्रि केन्द्र सन्चालन हुने जानकारी दिएका छन् । चिनारी आर्युर्वेदका अध्यक्ष डा. नारायण अर्यालले आफ्ना औषधिहरु मानवतामैत्री रहेको जानकारी दिएका छन् ।

योग तथा जडिबुटी अभियन्ता राजन सिंखडाले नेपालीलाई मात्र नभएर पर्यटकहरु मार्फत पनि नेपाली जडिबुटीको पहिचान संप्रेषण गर्ने बताए । ‘हिँडे पुगिन्छ’ पुस्तकका लेखक समेत रहेका सिंखडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अभियन्ता यमुना भुसालले नेपालको अर्थराजनीति र जडिबुटीका विषयमा धारणा राखेकी थिइन् ।
अष्ट ज का अभियन्ताहरु समेत उपस्थित रहेको सो कार्यक्रममा जडिबुटी उत्पादन, संकलन र विज्ञहरुको समेत सहभागीता रहेको थियो ।
वि.सं.२०७६ असार ६ शुक्रवार १७:२८ मा प्रकाशित




























