back
CTIZAN AD

ठमेलमा जडिबुटी बिक्री केन्द्र शुभारम्भ

वि.सं.२०७६ असार ६ शुक्रवार

789 

shares

६ असार, काठमाण्डौं । त्रयम्बकम सहकारीले आफ्ना २२ उत्पादनहरुको विक्रिका लागि काठमाण्डौंमा विक्रि केन्द्रको शुरुवात गरेको छ ।

त्रयम्बकम सहकारी, चिनारी आर्युवेर्द तथा गैरआवासीय नेपाली संघ जडिबुटी प्रवद्र्धन उपसमितिको समन्वयमा सो विक्रि केन्द्र शुभारम्भ भएको अभियन्ता डा. भगवान चन्द्र ज्ञवालीले बताएका छन् ।

कार्यक्रममा त्रयम्बकम सहकारीका अध्यक्ष डा. वद्रि गौतमले मानव स्वास्थ्यलाई ख्याल गरी नेपाली मौलिक उत्पादन सुरु गरिएको बताउँदै काठमाण्डौंको ठमेल पछि अनामनगर, महाराजगन्ज र क्रमश ललितपुरमा विक्रि केन्द्र सन्चालन हुने जानकारी दिएका छन् । चिनारी आर्युर्वेदका अध्यक्ष डा. नारायण अर्यालले आफ्ना औषधिहरु मानवतामैत्री रहेको जानकारी दिएका छन् ।

योग तथा जडिबुटी अभियन्ता राजन सिंखडाले नेपालीलाई मात्र नभएर पर्यटकहरु मार्फत पनि नेपाली जडिबुटीको पहिचान संप्रेषण गर्ने बताए । ‘हिँडे पुगिन्छ’ पुस्तकका लेखक समेत रहेका सिंखडाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अभियन्ता यमुना भुसालले नेपालको अर्थराजनीति र जडिबुटीका विषयमा धारणा राखेकी थिइन् ।

अष्ट ज का अभियन्ताहरु समेत उपस्थित रहेको सो कार्यक्रममा जडिबुटी उत्पादन, संकलन र विज्ञहरुको समेत सहभागीता रहेको थियो ।

वि.सं.२०७६ असार ६ शुक्रवार १७:२८ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...