
६ असार, मकाउ । गिरिजा प्रसाद कोईराला फाउन्डेशनको शाखा बिदेशी भूमी मकाउ (एसिया प्यासीफिक) मा पनि स्थापना तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
जिपी फाउण्डेशन मकाउ निकट नेपालीहरुको उपस्थितिमा आयोजित उद्घाटन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि कोईरालाद्धारा गरिएको फाउन्डेशन उद्घाटन कार्यक्रममा जिपी कोइराला फाउन्डेशनका सभापति शुदर्सन थापाको सभापतित्व जनसम्पर्क समिती मकाउका उपाध्यक्ष एंव महाधिवेशन प्रतिनिधी चन्डि योगां लगायत नेपाली कांग्रेसप्रति आस्था राख्नेहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि कोईरालाले जिपी कोइराला फाउन्डेशनले नेपालको लोकतन्त्र, शुसासन र समृद्दिका लागि काम गरेको बताउँदै बुवा स्व. गिरिजा प्रसाद कोइरालाको पनि सपना यहि रहेको बताएकी थिइन् । उनले मकाउमा रहेका नेपालीले भोग्नु परेको समस्या, ट्रान्जिट भिसा लगायतका विविध समस्या समाधानका लागि फाउन्डेशनले पहल गर्ने बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै सभापति थापा मगरले तत्कालिन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति, सुरक्षा, सुशासन कायम गर्नमा स्व. गिरिजाप्रसाद कोईरालाको मूख्य योगदान रहेकोले नोवल शान्ति पुरस्कार स्व. कोइरालाले पाउनुपर्ने बताएका थिए । थापाले जिपी फाउण्डेशन मकाउले खेलकुद, स्वास्थ्य, शिक्षा तथा गरिव, अनाथ, अपाङ्ग र उत्पीडित वर्गलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोहि अवसरमा एनआरएनए मकाउकी अध्यक्ष तथा महाधिबेशन प्रतिनिधि शान्ति अधिकारी, जिपी कोईराला फाउन्डेशन मकाउका कार्यालय सचिव राम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०७६ असार ६ शुक्रवार १५:४८ मा प्रकाशित



























