Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

इलान इन्टरनेसनलका सञ्चालक पक्राउ



२ मङ्सिर,काठमाडौँ  । वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलब सहित बु्रनाई पठाइदिने भन्दै दीपकप्रसाद न्यौपाने समेत ३० जनाबाट करिब रु एक करोड ३० लाख उठाई सम्पर्कविहीन भएका अर्याललाई पीडितले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार अनामनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट अर्यालले पीडितसँग रकम उठाउनका लागि नक्कली मागपत्र र प्रवेशाज्ञा कागजपत्र देखाई ठगी गरेको खुल्न आएको छ । गुल्मी, सिमीचौर गाविस स्थायी घर भएका अर्याललाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ